मूल प्रवाहको रचनाहल्ली एरिया भेला सम्पन्न

  • धर्म पहरी

बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर नगर समिति अन्तर्गत रचनाहल्लीमा एरिया भेला सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य जय बहादुर विकको सक्रियतामा बैंगलोर उत्तर नगर समितिको रचनाहल्ली एरिया स्थित नेपाली श्रमिकहरुलाई एकता समाज लक्ष्य र उदेश्य बारेमा स्पस्ट गर्दै २६ मार्च २०२३ का दिन भेला सम्पन्न भएको थियो ।

भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ विक, उत्तर नगर समितिका सचिव तिलक बहादुर केसी, दक्षिण नगर समितिका सदस्य रामराजा पौडेलको विशेष उपस्थिति रेहेको थियो । अतिथिहरुले आ-आफ्नो तर्फबाट शुभकामना दिनुभएको थियो ।

भेलाले अरविन्द सिंहको अध्यक्षतामा ११ पूणर् २ सल्लाहकार गरी १३ सदस्यीय एरिया समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष- विनोद विश्वकर्मा, सचिव- प्रभाकर सुनार, सहसचिव- किरण विक, कोषाध्यक्ष- हरिश विक, सदस्यहरुमाः नरेन्द्र नेपाली, राजु विक, सागर विश्वकर्मा, धन बहादुर रोकाया, उत्तम सुनार, प्रेम सिंह भूल रहनुभएको छ । भेलाले जय बहादुर बिक र दीपक सुनारलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार