
काठमाडौं, 2 अप्रैल 2023 । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ । नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको हो। यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले। नेपालले अब एसिया कप खेल्नेछ ।
पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ।
















