२०८० को बजेट प्रस्तुत : केमा बढ्यो, केमा घट्यो ?

• आर्थिक विधेयक ०८० मार्फत सरकारले मार्बल, ट्राभर टिन, इकोजिन र अन्य चुनद्वारा स्मारक वा भवन बनाउन प्रयोग हुने ढुंगामा पाँच प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर १५ प्रतिशत पुयाइएको छ।

• ठोस रूपमा उखु वा चुकन्दर र रासायनिक तवरबाट शुद्ध गरिएको चिनीको भन्सार दर घटाएर ४० प्रतिशतबाट ३० प्रतिशत बनाइएको छ । ५० देखि सय किलोवाटसम्मका विद्युतीय सवारीमा ५ प्रतिशतले भन्सार दर बढाएर १५ प्रतिशत पुऱ्याइएको छ भने अन्तः शुल्क १० प्रतिशत लगाइएको छ ।

• सयदेखि दुई सय किलोवाटसम्मका विद्युतीय सवारीमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ । यसअघि यी दुवै कर ३०/३० प्रतिशत थिए।

• २ सय किलोवाटदेखि ३ सय किलोवाटसम्म सवारीमा यसअघि ४५ प्रतिशत भन्सार दर रहेकामा घटाएर ४० प्रतिशत बनाइएको छ ।

• कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो १७ रुपैयाँ अन्तशुल्क रहेकामा त्यसलाई बढाएर प्रतिकिलो २० रुपैयाँ पुऱ्याइएको छ ।

• आलू चिप्स प्रतिकिलो १७ रुपैयाँ लाग्ने गरेकामा १८ रुपैयाँ पुयाइएको छ । सुर्तीरहित पान मसला प्रतिकिलो ८ सय २१ बाट बढाएर ८ सय ५० पुऱ्याइएको छ । सुतीरहित सुगन्धित सुपारी (गुट्खा) को अन्तःशुल्क प्रतिकिलो ३ सय ५० बाट बनाएर ३ सय ६५ रुपैयाँ पुयाइएको छ ।

• अल्कोहलरहित वियर प्रतिलिटर ३० बाट बढाएर प्रतिलिटर २५, जीबाट बनेको वियर प्रतिलिटर २ सय २८ बाट बढाएर २ सय ३५ रुपैयाँ पुयाइएको छ ।

• एक्स्ट्रा न्युट्रल अल्कोहल (ईएनए) प्रतिलिटर ६६ बाट बढाएर प्रतिलिटर ९० पुयाइएको छ ८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको डिनेचर्ड स्प्रिंटमा प्रतिलिटर ३० अन्तशुल्क लाग्ने गरेकामा २५ रुपैयाँ पुयाइएको छ । वाइन र ब्रान्डीको कच्चा पदार्थका रूपमा प्रयोग हुने सबै प्रकारका स्प्रिंटहरूको अन्तःशुल्क प्रतिलिटर २ सय २८ बाट बढाएर २ सय ३५ रुपैयाँ पुयाइएको छ । विस्कीको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर २ सय २८ बराबर अन्तः शुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर प्रतिलिटर २ सय ३५ रुपैयाँ पुऱ्याइएको छ । रम र अन्य स्प्रिंटहरूको कच्चा पदार्थका रूपमा प्रयोग हुने उखुको उत्पादनका स्प्रिटमा पनि प्रतिलिटर २ सय २८ बाट बढाएर २ सय ३५ रुपैयाँ पुयाइएको छ । १५ यूपी शक्तिको विस्की (४८.५ प्रतिशत) अल्कोहल मात्रा भएकालाई प्रतिलिटर १ हजार ७ सय ५० बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर १ हजार ८ सय रुपैयाँ पुयाइएको छ। जिन र जेनेभाको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर २ सय २८ बराबर अन्तःशुल्क लाग्ने गरेकामा बढाएर २ सय ३५ रुपैयाँ पुयाइएको छ ।

• फिल्टर नभएको सुर्तीको चुरोटमा प्रतिएम ७ सय १० रुपैयाँ अन्तः शुल्क रहेकामा त्यसलाई ७ सय ३० पुऱ्याइएको छ । ७० मिमिसम्मको लम्बाइ भएको चुरोटमा प्रतिएम १ हजार ६ सय २५ बाट बढाएर १ हजार ६ सय ९० पुयाइएको छ। ७० देखि ७५ मिमिसम्म लम्बाइ भएकामा प्रतिएम २ हजार ३ सय ७५ देखि ८५ मिमिसम्मकोमा प्रतिएम २ हजार ९ सय ७० अन्तः शुल्क तोकिएको छ ।

● जर्दा, खैनी, नस, गुट्खा र निकोटिनयुक्त पान मसला तथा सुर्ती मिश्रित तयारी वस्तुमा प्रतिकिलो ८ सय २१ अन्तःशुल्क लाग्ने गरेकामा त्यो बढेर प्रतिकिलो ८ सय ५० रुपैयाँ पुयाइएको छ । सक्खर (गुँद र भेलीसमेत) को अन्तःशुल्क प्रतिक्विन्टल १ सय ५ पुऱ्याइएको छ । अन्डा मिसाइएका स्पागेटी, म्याक्रोनी, नुडल्स, कुकु ( उत्तर अफ्रिकी खाद्य पदार्थ) पास्तालगायत वस्तुमा प्रतिकिलो १७ रुपैयाँ अन्तः शुल्क लाग्ने गरेकामा बढाएर प्रतिकिलो २० पुऱ्याइएको छ ।

• सुन्तलाको रस (फ्रोजेन अरेन्ज जुस, भोगटेको रस, भुइँकटहरको रस, गोलभेंडाको रस (टमाटो जुस, अंगुरको रस, स्याउको रस, आँपको रस, क्यानबेरी जुस, म्याक्रो कार्पन जुसलगायत वस्तुमा प्रतिलिटर ११ बाट बढाएर १३ रुपैयाँ पुयाइएको छ ।

• उखुको खुदीको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल १ सय ५ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार