मध्य-उत्तर भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन भव्य रुपमा सम्पन्न

भोपाल, २७-२८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य-उत्तर क्षेत्रीय समितिको छैटौं सम्मेलन सम्पन्न भएको छ । “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं त्त् भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाका लागि संगठित बनौं” भन्ने मूल नारा अन्तर्गत सम्पन्न सो सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता रामप्रसाद वस्यालले र सञ्चालन नारायण सापकोटाले गर्नुभएको थियो । उद्घाटन समारोहमा सहभागिहरुलाई छविलाल बञ्जाडे र स्वागत कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

सम्मेलनको विधिवत उद्घाटन राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो । नेपालको वर्तमान राजनीतिक विषयमा चर्चा गर्दै- देश यतिवेला साम्राज्यवादी गतिविधि तिब्र रुपमा बढिरहेको छ । उसको इसारामा राजनीतिक पार्टी समेत बनेको छ तर, नेपाल सरकार मौन रहेको शर्माले बताउनु भयो ।

‘प्रवासी नेपालीहरुले आफ्नो श्रम बेचिरहेका छन्, तर आफ्नो राष्ट्र र गौरवको विर्षनु हुँदैन । राष्ट्रियता दिन प्रतिदिन कम्जोर हुँदैछ ।’ प्रवासी नेपालीहरुलाई राष्ट्र र राष्ट्रियताप्रति गम्भिर बन्न उद्घोष गर्दै नेता शर्माले भन्नु भयो- ‘पूँजिवादले नेपाली जनतालाई सुनियोजित प्रकारले लुटदै गइरहेको छ, ताकि विश्व राजनीतिक वृत्तमा साम्राज्यवादी शक्तिहरुले नेपाललाई उपयोग गर्न सकोस् ।’

‘नेपालमा राजनीतिक पार्टीहरुले आफ्नो सत्ता टिकाउन कै लागि विदेशी शक्तिहरुलाई खुशी पार्न देशको विभिन्न स्थानलाई समेत विदेशीले आफ्नो मान चित्रमा पार्दा समेत मौन छन् ।’ उपाध्यक्ष जनकराज शर्माले भन्नु भयो- ‘अमेरिकी साम्राज्यवादको गतिविधि नेपालमा तिब्र रुपमा बढिरहेको छ, सरकार मौन छ ।’

‘नेपालमा अमेरिकी साम्राज्यवादले आफ्नो स्थायी सरकार गठन गर्न चाहन्छ, त्यसको लागि रवि लामिछाने जस्ता व्यक्तिहरुलाई उपयोग गरेर आफ्नो स्वार्थअनुकुल चल्ने राजनीतिक पार्टीको समेत निर्माण गरेको छ ।’ शर्माले भन्नु भयो- ‘चाहे हिंजोका सरकार होस्, चाहे आजको सरकार एक वा अर्को प्रकारले विदेशी प्रभुको आशिर्वादले सत्ता टिकाउने जुन काम देशमा भइरहेको छ, त्यसले सिंगो गणतन्त्र-संविधान र धर्मनिरपेक्षता समेत गुम्ने खतरा उत्तपन्न भएको छ ।’


त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुल बहादुर थापाले सम्मेलनलाई सम्बोधन गर्दै ॅसंगठन निर्माण ठूलो कुरा होइन, ठूलो कुरा त्यसको स्थायीत्व र संगठनको नीति र कार्यक्रमलाई जनता समक्ष कार्यान्वयन महत्वपूणर् विषय हो’ भन्नु भयो ।

घोषणा सभाको अध्यक्षता लालबहादुर क्षेत्रीले र सञ्चालन अर्जुन जिएमले गर्नु भएको थियो । जसमाः अध्यक्ष- रामप्रसाद बस्याल (इल्लाहवाद), उपाध्यक्ष- लालबहादुर क्षेत्री (भोपाल), सचीव- नारायण सापकोटा (भोपाल), सहसचिव- लोक बहादुर गुरुङ (कानपुर), कोषाध्यक्ष- लक्ष्मी प्रसाद ज्ञावली (इल्लाहवाद), सदस्यहरु क्रमशः गोमा थापा (इल्लाहवाद), वीर बहादुर जिसी (कानपुर), खिम बहादुर केसी (कानपुर), खगराज पौडेल (लखनऊ), राम बहादुर गुरुङ (गोरखपुर), ताल बहादुर खड्का (भोपाल), सुरेश पाण्डे (भोपाल), सोनु थापा (भोपाल), दुर्गा प्रसाद न्यौंपाने (इल्लाहवाद), अर्जुन जिएम (भोपाल), एक स्थान रिक्त, बैकल्पिक सदस्यमा क्रमशः छविलाल बञ्जाडे, अनिल आले (इल्लाहवाद), टोप बहादुर पुन (लखनऊ), भुपेन्द्र शाह (भोपाल) र कमल बिएम (इन्दौर) । सल्लाहकार राजु अधिकारी (इल्लाहवाद), शिव बहादुर बिक (कानपुर), अशोक सुनुवार (लखनऊ), टेक बहादुर गुरुङ (गोरखपुर) र लक्ष्मी रोका मगर (भोपाल) रहनु भएको द्दठ सदस्यीय मध्य-उत्तर क्षेत्रीय समिति निर्वाचित गरिएको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सचिवालय सदस्य धनवीर पुनले गर्नु भएको थियो ।

त्यस्तै राम प्रसाद बस्याल, नारायण सापकोटा, लक्ष्मी प्रसाद ज्ञावली, विर बहादुर जिसी र अर्जुन जिएम रहेको सचिवालय समेत गठन गरिएको छ ।

त्यस्तै मध्य-उत्तर क्षेत्रीय महिला बिभाग गठन गरिएको छ । संयोजक : सोनु थापा (भोपाल), सदस्यहरु क्रमश ः गोमा थापा (इल्लाहवाद), गंगा ज्ञावली (इल्लाहवाद), सविता शर्मा (इल्लाहवाद), लक्ष्मी रोका मगर (भोपाल), प्रेम शर्मा (भोपाल), श्रीमाया खाम्चाकी (भोपाल), निर्मला क्षेत्री (भोपाल), लक्ष्मी राना (भोपाल), हरिकला गुरुङ, कमला वेलवासे, मिना थापा, अमृता बिएम, सविता गुरुङ र एक रिक्त रहेको छ ।

घोषणा सभामा मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापा, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सदस्य उषा थापा, अखिल भारत नेपाली एकता मञ्चबाट नगेन्द्र ढकाल, जन सम्पर्क समितिबाट लोकमणी शर्मा, जनकल्याण समितिबाट डोलराज भण्डारी, प्रवासी नेपाली संघ भारतबाट ऋसीराम रानाभाट, पशुपति नेपाली समाजबाट विष्णु शर्मा, व्यापारी संघबाट गणेश पाण्डे, डोलराज गैरे लगायतले आतित्थ्यता एवं शुभकामना दिनुभएको थियो ।

सम्मेलनमा रास्ट्रीय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माको प्रमुख आतित्थ्यता रहेको भने मूल प्रवाहका महासचिव केबी थापा, केन्द्रीय सचीवालय सदस्य धनबीर पुन मगर, केन्द्रीय सदस्य भिम बहादुर थापा, रक्तिम सास्कृतिक अभियानकि केन्द्रीय सदस्य उषा थापा लगायत विभिन्न संघ संस्थाबाट पनि आतित्थ्यता रहेको थियो ।

रक्तिम साँस्कृतिक विभागका कलाकारहरुले भव्य रुपमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार