लोकेन्द्र पौडेल
चेन्नई, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाल नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति द्वारा संचालित चेन्नै पुर्व नगर समितिको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता चेन्नई दक्षिण नगर उपाध्यक्ष खगराज आचार्यको अध्यक्षता र चेन्नई पुर्व नगर कोषाध्यक्ष सुर्य प्रसाद भुसालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा मूल प्रवाह के.स. तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, जिवन शर्मा, नेत्रलाल शर्मा, काशिराम शर्मा, ओमाकान्त शर्माको बिशेष उपस्थिति रहेको कार्यक्रममा १ मिनेट ज्ञात अज्ञात शहिदहरुप्रति मौनधारण गरिएको थियो ।
प्रमुख अतिथिको आशनबाट बोल्दै चन्द्र बहादुर थापाले जीवनमा मिलन बिछोड त हुन्छनै तर, स्वदेशमा गएर संगठनको जिम्मामा रहेर काम गर्दै गयौं भने हाम्रो मिलन अबस्य हुन्छ भन्दै दोसल्ला ओढाएर विधाई गर्नुभयो ।
त्यस्तै लोकेन्द्र पौडेल, जिवन शर्मा, ओमाकान्त शर्मा नेत्रलाल शर्मा, प्रथम बहादुर क्षेत्री, ओम बहादुर विक, टिका थापा हुनुहुन्थ्यो भने काशिराम शर्माले शब्दद्वारा स्वागत गर्नु भएको थियो ।
लक्षुमन चालीसे नेपाल जैमिनी नगरपालीका वडा नं ६ अर्जेवा पुर्खौली घर भई हाल वसाई सराई गरी भरतपुर नगरपालीका वडा नं १२ मा स्थायी बसोबास गर्दै आउनु भएको छ ।
चालीसे सन १९९१ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता लिएर संगठनका विभिन्न जिम्मेवारी बहन गर्दै हाल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य, दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई पुर्व नगर समितिको अध्यक्ष रहनु भएको थियो ।
बिधाईका २ शब्द राख्दै आउँदा दिनहरुमा यस विश्व विधालयबाट प्राप्त गरेको शिक्षालाई राष्ट्र, राष्ट्रियता जनतन्त्रको पक्षमा लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।