दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वार्ड नं १५ बस्ने शालिकराम पराजुलीका छोरा वर्ष ३५ का सन्तोष पराजुली गत २०७९ माघ ११ गते घरबाट बिना सरसल्लाह निस्केको र हालसम्म घर फर्की नआएको हुँदा १० -१५ दिनपछि खोज तलास गर्दा भारतको हरिद्वार हुदै उत्तराखण्ड गएको कुरा खुल्न आएको छ । भारतको कुनै पनि ठाउँमा निजलाई कुनै पनि महानुभावलले देख्नु वा भेट्नु भएमा तत्काल नेपाल नम्बर 009779857834152 या भारत नम्बर 9947100469 मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं । उनको नेपालमा आमाको देहावसान भएको र घरमा एउटी सानी छोरी र श्रीमती रहेको हुँदा उनीहरुको हेरचाह अत्यन्तै समस्या परिरहेको छ ।