कानपुरमा मूल प्रवाहको सन्देश सभा सम्पन्न

कानपुर, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कानपुर नगर समितिको आयोजनामा मध्य-उत्तर भारत क्षेत्रीय समितिको छैठौं सम्मेलनको सन्देश सभा सम्पन्नभएको छ ।

केन्द्रीय सदस्य भिम बहादुर थापाको प्रमुख आतित्थ्यता रहेका सो सन्देश सभाको सञ्चालन केबी गुरुङले र अध्यक्षता वीर बहादुर जिसिले गर्नुभएको थियो । अथितिहरुको आसन ग्रहण पछि शहिदहरुको संझानामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई शिव बहादुर बिकले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।

वम बहादुर गुरुङ, खिम बहादुर केसी, कमला बेलबासे, कमल जिसी, हरिकला गुरुङ, पुरन क्षेत्री र प्रमुख अतिथी भिम बहादुर थापाले मन्तव्य दिनुभएको थियो । थापाले सम्मेलन सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूणर् स्तरका कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरुलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार