कतार नेपाली एकता समाज दोहा र सलता एरियामा नयाँ नेतृत्व

उद्धव मगर,

कतार । कतार नेपाली एकता समाजले एकै दिन दुई वटा एरिया भेला गरेको छ । जुन २ मा दोहा र सलता एरियाको भेला गरी नयाँ नेतृत्व चयन गरेको छ ।

सलता एरिया समितिको अध्यक्षमा मीनबहादुर विक
कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष रामप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सलता एरिया समितिको भेला सम्पन्न भएको छ ।

अध्यक्ष मिनबहादुर विकको अध्यक्षतामा भएको भेलामा समाजका महासचिव खिमबहादुर बुढा मगर, केन्द्रीय सदस्यहरु मिनराज पुन मगर, कमल आचार्य र सत्यबहादुर पुन मगरको आतिथ्यता रहेको थियो ।

भेलाले मीनबहादुर विकको अध्यक्षतामा आठ पूर्ण र तीन सल्लाहकार गरी ११ सदस्सीय कार्यसमिती चयन गरेको छ । जसमाको उपाध्यक्षमा अग्निधर चौधरी, सचिव द्रोण खनाल, कोषाध्यक्ष तेजबहादुर घर्ती चयन हुनुभएको छ ।

सदस्यहरुमा उपेन्द्र चौधरी, मीनबहादुर पुन मगर, खुगृब पासवान रहनुभएको छ भने सल्लाहकारमा सत्यबहादुर पुन मगर, तेजवीर घर्ती मगर, दिलबहादुर विक चयन हुनुभएको छ।

कार्यक्रमको सन्चालन समितिका सचिव, तेजवीर घर्ती मगरले गर्नु भएको थियो ।

दोहा एरिया अध्यक्षमा रणबहादुर नेपाली
दोहा एरिया समितिको भेलाले रणबहादुर नेपालीको अध्यक्षतामा नौ पूर्ण र तीन सल्लाहकार गरी १२ सदस्यीय कार्य समिति गठन भएको छ । जसको उपाध्यक्षमा भोजबहादुर विक, सचिव लिलाकान्त चालिसे र कोषाध्यक्ष पूर्णबहादुर बस्नेत चयन हुनुभएको छ ।

सदस्यहरुमा तेजनारायण शर्मा, मानबहादुर पौडेल, निरज न्यौपाने, शिवलाल कुँवर, लालमणि खनाल तथा सल्लाहाकारमा मिनराज पुन मगर, गिरि काउछा र राजेन्द्र जिसि रहनुभएको छ ।

एरिया अध्यक्ष गिरि काउछा मगरको अध्यक्षतामा भएको भेलामा समाजका केन्द्रीय सदस्यद्वय मिनराज पुन मगर र हिरा शर्माको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी पुन मगरले प्रशिक्षण दिँदै एकता समाज किन र के का लागि हो भन्ने कुरा स्पष्ट पार्नुभयो । उहाँले एकता समाजमा किन आवद्ध हुने भन्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

यस्तै अर्का अतिथी हिरा शर्माले पनि आफ्ना भनाई समसामयिक राजनीतिबारे धारणा राख्दै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभयो ।

भेलाको सन्चालन रणबहादुर नेपाली र स्वागत दोहा एरिया समितिका कोषाध्यक्ष राजु थापा मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार