प्रचण्डको अभिव्यक्तिले स्पष्ट पार्छ नेपालमा सरकार कसले बनाउँछ : भट्ट

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ भन्ने कुरा स्पष्ट पारेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टले प्रधानमन्त्री प्रचण्डले, आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै चोटी दिल्ली गएको कुरा सार्वजनिक गरेसँगै नेपालमा हुने सरकार गठन र विघटनमा भारतले खेल्ने भूमिका प्रष्ट पारेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायी प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन उनी धेरै चोटी दिल्ली गएको बताएका थिए ।

प्रचण्डले भनेका थिए, ‘‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

बहालवाला प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालमा हुने सरकारको गठन र विघटनमा भारतले खेल्ने भूमिका तथा आफू अनुकूल सरकार निर्माणका लागि दिइने दवावलाई नाङ्गोरुपमा अगाडि ल्याएको महासचिव भट्टको तर्क छ ।

‘नेपालमा कस्को सरकार बन्ने त्यसको निर्णय नेपालीले नभएर भारतले गर्ने गरेको छ’ भट्टले लेख्नुभएको छ, ‘नेपाल सरकारको चाबी नेपालीसँग नभएर विदेशहरूको हातमा रहेको अवस्थामा घण्टी पार्टीले प्राप्त गरेको संसदीय सफलता पनि आफनो बुत्तावाट हो भन्ने भ्रम पाल्नु गलत हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार