मूल प्रवाहको 13 औं बार्षिक एरिया सम्मेलन सम्पन्न

चिदम्बरम
5 अगस्त 2023, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत टाउन एरिया समितिको 13 औं बार्षिक एरिया सम्मेलन भव्य रुपमा सम्पन्न भयो।

चन्द्र बहादुर केसीको अध्यक्षता तथा मोहराज शर्माको उदघोषणमा अगाडी बढेको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य भगवती कुँवर, अतिथिहरूमा क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा र नगर सदस्य हेम बिजीको आसनग्रहण पश्चात ज्ञात अ-ज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरि अगाडि बढेको उक्त सम्मेलनमा उपस्थित जनसमुदायहरूलाई देवेन्द्र आचार्यले स्वागत मन्तव्यका साथ स्वागत गर्नु भएको थियो । सम्मेलनको उद्घाटन प्रमुख अतिथि केन्द्रीय सदस्य भगवती कुँवरले गर्नु भएको थियो ।

सम्मेलनमा आफ्नो उदघाटन मन्तव्य राख्दै प्रमुख अतिथि नेतृ कुँवरले भन्नु भयो- मूल प्रवाह भारत स्थित प्रवासी नेपालीहरुको पाठशाला हो । यो पाठशालाबाट प्राप्त गरेको व्यवहारिक ज्ञान, संघर्षशील शिक्षा, परिवर्नकारी उद्देश्यबाटै नै सामाजिक र व्यक्तिगत चुनौतिहरुको सामाना गर्न सकेका छौं । देशको राजनैतिक परिवर्तनमा सहभागी हुदै मूल प्रवाहका सदस्यहरु संसद सम्म बनेको बताउदै नेतृ कुँवरले देशमा गणतन्त्र, राष्ट्रियताको रक्षा र संघियता खारेजीको आन्दोलनमा मूल प्रवाहको महत्वपूर्ण उपस्थिती रहेको विचार व्यक्त गर्नु भयो ।

उक्त सम्मेलनलाई अतिथि क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, हेम बिजी र जीवराज पराजुलीले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

13 बार्षिक एरिया सम्मेलनले पदम बहादुर केसीको अध्यक्षतामा ७ पूर्ण र २ वैकल्पिक सहित ९ सदस्सीय समिति चयन गरेको छ। जसमा उपाध्यक्षः मोहराज शर्मा, सचिवः देवेन्द्र आचार्य, सहसचिवः चन्द्र बहादुर केसी, कोषाध्यक्षः मेघराज शर्मा, सदस्यहरूः प्रेम बहादुर केसी, कौशिला केसी, वैकल्पिक सदस्यः गोविन्द प्रसाद शर्मा र नेत्र प्रसाद गौतम हुनु हुन्छ।
नव निर्वाचित समितिलाई क्षेत्रीय अतिथि डिल्ली प्रसाद शर्माले बधाई दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार