
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको महिला विभागले भारतका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न पारेको छ ।
प्रशिक्षण कार्यक्रम सम्पन्न पार्नका लागि स्वदेशबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सरिता जिसी पाल्नुभएको छ ।
जिसीले हालसम्म दक्षिण भारतको नेल्लोर, चेन्नई, पाण्डेचरी, निलगिरी, बेंगलोर, मध्य दक्षिण भारतको हैदरावाद, मध्य पश्चिम भारतको तारापुर, पश्चिम भारतको वापी पश्चिम, सिलवासा, दमन, वापी पूर्व, सचिन र सुरतमा प्रशिक्षण सम्पन्न पार्नुभएको छ ।
त्यस्तै नेतृ जिसीले मध्यउत्तर भारतको भोपालमा प्रशिक्षण सम्पन्न पारिसक्नुभएको छ ।
पश्चिमोत्तरको रोहतक र भिवानीमा प्रशिक्षण सम्पन्न पारि जिसी सुदुर पश्चिमोत्तरको श्रीगंगानगर, भटिण्डा, हिसार, चण्डीगढ, डेरावासी, अम्बाला र रोपडमा प्रशिक्षण सम्पन्न पार्नु भएको छ ।
हाल वहाँको स्वास्थ्यमा समस्या परेकोले वहाँको उपचार चलिरहेको छ । वहाँको स्वास्थ्यमा सुधार आएपछि प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जिसीले बताउनु भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको भारत व्यापी प्रशिक्षण कार्यक्रममा महिलाहरु अत्यन्तै उत्साहपूर्ण सहभागिता रहेको नेतृ जिसीले हामीलाई बताउनु भएको छ ।
अझै पनि महिलाहरुलाई सङ्कृणभावनाबाट बाहिर ल्याउन निकै ठूलो कसरत गर्नु पर्ने जिसीले बताउनु भयो ।
महिलाहरूलाई दर्शन र दृष्टिकोणमा स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको नेतृ जिसीले औंल्याउनु भयो ।
भारतमा रहेका महिलाहरुलाई संगठित गर्ने उदेश्यले मूल प्रवाहले शुरु गरेको महिला प्रशिक्षण कार्यक्रमलाई निरन्तरताको खाँचो रहेको पनि वहाँको भनाई रहेको छ ।
















