चिदाम्बरम, २८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम समितिको आयोजनामा नगर महिला विभाग तथा सेतियातोप एरिया समिति सदस्य स्व. टिका कुमारी गिरीको निधन भएको १३औं दिनको पुण्यतिथिमा भावपूणर् श्रद्धाञ्जली एवं मृतक आत्मको चिरशान्तिको कामना गर्दै शोक सभा सम्पन्न भयो ।
देवेन्द्र आचार्यको उद्घोषक, गोकूल बहादुर गायकको अध्यक्षता, प्रमुख अतिथि केन्द्रीय सदस्य जनकराज पौडेल, अतिथिहरु केन्द्रीय सदस्यहरु चन्द्रकान्त शर्मा, भगवती कुँवर, बालाकृष्ण गायक, क्षेत्रीय सदस्यहरु नारायण शर्मा, हेम बिजीको अतिथि आसनग्रहण पश्चत स्व. टिका कुमारी गिरीको संझनामा एक मिनेट मौनधारण गरि अघी बढेको उक्त शोक सभामा उपस्थित महानुभावहरूलाई शब्दद्वार जीवन पराजुलीले स्वागत गर्नु भएको थियो ।
स्व.टिका कुमारी गिरीको फोटोमा माल्यार्पण पश्चत प्रमुख अतिथि जनकराज पौडेलले शोक मन्तव्य राख्दै भन्नु भएको थियो ।
नगर महिला विभाग सदस्य टिका कुमारी गिरीको असामयिक मृत्युले उहाँको परिवार र आफन्त मात्र होईन एउटा असल र ईमान्दार महिला सदस्य गुमाउनु पर्दा सिंगो संगठन स्तब्ध भएको पौडेलले बताउनु भयो । ‘जन्म र मृत्यु प्रकृतिक नियम भए पनि मान्छेको मृत्युले निकै मर्माहित बनाउन छ ।’ पौडेलले भन्नु भयो- ‘टिका कुमारी गिरीको निधनले महिला संघर्ष र आन्दोलनलाई क्षति पुगेको छ ।’
उक्त शोक सभामा केन्द्रीय सल्लाहकार चन्द्रकान्त शर्मा, भगवती कुँवर, बालाकृष्ण गायक, क्षेत्रीय सदस्य नारायण शर्मा, हेम बिजी, नगर सदस्य मेघराज शर्मा, नगर महिला विभागबाट खेम कुमारी जिसी, प्रेम पराजुली लगायतले शोक मन्तव्य राख्नु भएको थियो ।