काठमाडौँ । फुटपरस्त तत्वहरूले गठन गरेको “नेकपा (मशाल)” ले भारतको भाषा बोलेको छ । नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा देखाई चीनले जारी गरेको नक्सा प्रकरणमा प्रेसवक्तव्य जारी गर्दै सो समूहले भारतको भाषा बोलेको हो ।
“मशाल” का महासचिव सन्तबहादुर नेपालीद्वारा २०८० भदौ १७ गते आइतबार प्रकाशित प्रेसवक्तव्यमा भनिएको छ : “तर भारतले ती ऐतिहासिक प्रमाणहरूलाई अस्वीकार गर्दा दुई देशबीच सीमा विवाद कायमै रहेको छ ।”
यसको अर्थ यही हुन्छ : “मशाल” समूहले पनि लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई “सीमाविवाद” रहेको क्षेत्र मान्दछ ।भनिरहनुनपर्ला, सो क्षेत्रलाई नेपालले कहिल्यै ‘विवादित’ मानेको छैन । नेपालले त सो क्षेत्र आफ्नो आधिकारिक भूमि ठहर गरेर २०७७ सालमा नै पूणर् नक्सा नै सार्वजनिक गरिसकेको छ ।
त्यसका विपरीत भारतले मात्रै योजनाबद्ध प्रकारले सो क्षेत्रलाई ‘विवादित’ मान्ने गरेको छ । भारतीय साम्राज्यवादले आफूले अतिक्रमण गर्ने सीमाक्षेत्रका भूभागलाई सधैँ ‘विवादित’ शब्द प्रयोग गर्ने गरेको छ ।
“भारत-चीन सीमाविवाद” पुस्तकमा त्यसका लेखक चरण शान्डिल्यले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उद्धृत गर्दै लेखेका थिए : ‘जहाँ विवाद हुन्छ; त्यहाँ तेरो-मेरो भन्ने हुन्न; सबै मेरो हुन्छ ।’
उनले उक्त पुस्तकमा भारतका तत्कालीन शासकले सिमानाका क्षेत्रलाई ‘विवादित’ बनाउन नेहरूको यस्तो योजना भएको पनि दाबी गरेका थिए ।
https://www.facebook.com/photo?fbid=267838532808272&set=a.101276859464441