भूवनेश्वरमा भव्य तिज मनाईयो

भूवनेश्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्बी भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कटक नगर समिति र भुवनेश्वर नगर समितिको संयुक्त आयोजनामा तीजि कार्यक्रम सम्पन्न पारिएको छ ।

शशिकला जीसीको सञ्चालन, सिब कुमार सुतारको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई रेकम जीसीले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा पुर्बी भारत क्षेत्रीय अध्यक्ष हेम कुमार थापाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा थापाले देशको राष्ट्रियता र गणतन्त्र धरापमा परेको बताउनु भयो । थापाले संघीयता र एमसीसी खारेजीको लागि सम्पूर्ण स्तरका जनता एकजुट हुनका लागि आव्हान समेत गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा समाजका केन्द्रीय सदस्य गीरीराज परीयार र शम्बर माझीले सुभकामना दिनु भएको थियो । कार्यक्रमको अन्तमा महिला दिदी बहिनीहरुले तीजि गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार