डबलिन । युरोपियन देश आयरल्यान्डमा नेपाली सेफ (कुक) हरूले सङ्गठन निर्माण गरेका छन् । सो सङ्गठनको नाम ‘नेपाल सेफ एसोसियसन अफ आयरल्यान्ड (एन.सी.ए.आई.) राखिएको छ ।
गत सेप्टेम्बर २१ गते सम्पन्न उक्त भेलाले अमरबहादुर छन्त्याल संयोजक रहनुभएको २७ सदस्यीय भेला तयारी समिति गठन गरेको हो ।
आयरल्यान्डमा बसोबास गर्ने नेपाली मूलका नेपालीहरू पेसागत रूपले भान्सासम्बन्धी अनुभव भएको तथा पाकशालाको प्रर्वधन, सिपको विकास सँगसँगै नेपाली सेफलाई एकताबद्ध गर्नुका साथै नेपाली खानालाई विश्व बजारसम्म चिनाउन तथा आयरल्यान्ड पुराना नयाँ कुनै पनि नेपाली सेफको हकहित र अधिकारप्राप्ति तथा त्यसको संरक्षण गर्न सो समिति गठन गरिएको संयोजक छन्त्यालले जानकारी गराउनुभएको छ ।
“आयरल्यान्डमा गठित कतिपय सङ्घसङ्गठन, सोसायटी, क्लबहरू खालि नेपाली चाडपर्व, खेलकूद, पूजाआजामा मात्रै सीमित भएका देखिन्छन्” संयोजक छन्त्यालद्वारा जारी सेप्टेम्बर २६ मा जारी विज्ञप्तिमा भनिनएको छ– “यी सङ्गठनले सेफहरूका लागि कुनै केही उत्तरदायित्वपूर्ण भूमिका खेलेको देखिँदैन ।”
विज्ञप्तिमा नवगठित सङ्गठनले अन्य सङ्गठनभन्दा भिन्न, पेसागत ढङ्गले सङ्गठनबाट अनुमोदित विधानअन्तर्गत रही आफ्नो कामकर्तव्य पूरा गर्ने दाबीसमेत गरिएको छ ।
यी हुन् सदस्यहरू
अमरबहादुर छन्त्याल संयोजक रहनुभएको समितिका सदस्यहरू यस प्रकार रहेका छन् :
पदमविक्रम खाड, ज्ञानसिंह पुन, देवेन थापा, राज न्यौपाने, अशोक बुढाथोकी, बालकृष्ण श्रेष्ठ, लिना गौतम, दीपक बोहोरा, गोविन्द छन्त्याल, याम छन्त्याल, विज्ञान गुरुङ, शक्ति गुरुङ, हुपेन्द्र राना, राजकुमार प्रसाईं, सम्राट प्रसाईं, कृष्ण केसी, सुलभ केसी, बलबहादुर केसी, कुमार थापा, प्रकाश डोङ, बुद्ध योन्जन लामा, विजय साहनी, अमृत न्यौपाने, नवराज गौतम, प्रेम गौतम र रिता थापामगर ।