किरण कुमार जिएमको बाइक दुर्घटनामा दुखद निधन

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति पूर्व सदस्य राम बहादुर जिएम पुत्रशोकमा पर्नुभएको छ । वहाँका कान्छो छोरा बर्ष २७ का किरण कुमार जिएम २१ अक्टुबर २०२३ आईतबारको राती बाईक दूर्घटनामा परि दुःखद निधन भएको थियो ।

घटनाको जानकारी पाउँदा साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिका अध्यक्ष एवं दक्षिण भारत क्षेत्रीय समितिका बैकल्पिक सदस्य टेक बहादुर बिक, क्षेत्रीय प्रतिनिधि जगत बहादुर हमाल, क्षेत्रीय सदस्य बिरे थापा, नगर समितिका उपाध्यक्ष लोकेन्द्र बिक लगायतको प्रतिनिधि टोली घटना स्थलमा पुगेको थियो । मृतकका परिवारजन र समाजका प्रतिनिधि टोलीको रोहबरमा पोस्टमार्टम र हस्पिटलको प्रक्रिया पुरा गरि वेलिटेन समशानघाट दाहसंस्कार गरिएको छ ।

मृतकको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । मृतक लुम्बिनी प्रदेश स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ७ प्यूठान जिल्ला निवासी हुन् । उनले हाल सपरिवार सहित बगैंचा र झरोगा सेस्टुरेट कुन्नुर बेडफोरमा व्यवसाई चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार