कोट्टयाममा ४५ औं स्थापना दिवस सम्पन्न भयो

कोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले ४५ औ स्थापना दिवस मनाएको छ ।

रुपा पौडेलको सञ्चालन र एकराज पौडेलको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सह-सचिव तथा नगर अध्यक्ष क्षेत्रीय महिला बिभागका बालिका देबि शर्माको अतित्थ्यता रहेको कार्यक्रममा ज्ञात आज्ञात सहिदहरूप्रति एक मिनट मौनधारण पछि सरस्वती ओझाले उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।

धर्मराज शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै संगठनको महत्व र भारतमा नेपालीहरू संगठित हुनुपर्ने आबस्यक्ता बारे प्रष्टाउँदै भारतस्थित नेपालीहरू एकबद्व भएर संघर्ष नगरेसम्म श्रमजिबि बर्गहरूको हकहित र अधिकार सुनिश्चितको सम्भब नरहेको भन्दै मेहनतकस श्रमजिबि नेपालीहरू मूल प्रवाहको रक्तरञ्जित झण्डामुनि एकबद्ध हुनमा जोड दिनुभयो ।

बालिका देबि शर्मा, मिलन शर्मा, खुमलाल ओझा, पुष्पा शर्माहरूले कार्यक्रम सफलताको शुःभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार