कोट्टयाम नगरमा दिउसी भैलो मनायो

धर्मराज शर्मा

कोट्टयाम, १२ नबेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोट्टयाम नगर समितिले २०८० प्रगतिशिल जनवादी देउसी भैलो कार्यक्रम मनाएको छ ।

कार्यक्रम समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्षले संयुक्त रुपमा दिप प्रज्वोलन गरि उपस्थित जनसमुदायहरुको तालिको कतारमा उद्घाटन गरेका थियो । उद्घाटन मन्तब्यमा सहसचिवले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खेल्दै आएका कैयौं महत्वपुर्णकार्यहरु र संगठित बन्नु पर्ने आबस्यकता बारे प्रस्टाउँदै बिश्व बिद्यालय तथा भारतस्थित नेपालीहरुको अभिबाबकिय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४५औं बर्षसम्म प्रवासी नेपालीहरुको हकहित अधिकार र देशका न्यायपुर्ण आन्दोलनहरुमा सरिक हुँदै आएको बताउनु भएको थियो ।

भारत स्थित नेपालीहरु सबैलाई रक्तरञ्जित झन्डामुनि गोलबन्द हुन आग्रह गर्दै । आम नेपालीले विभिन्न समयहरुमा आर्थिक, नैतिक, भौतिक सहयोग गरि संगठनलाई मजबुत बनाउन महत्वर्पुण भुमिका निभाउनुहुने सबैलाई संगठनको नामबाट धन्यबाद दिनु भएको थियो ।

केन्द्रीय सदस्यले संगठनका बार्षिक कार्यक्रमहरुलाई प्रष्ट्याउँदै समसामईक बिषयमा स्पस्ट पार्नुभएको थियो । देबि रिजाल अधिकारिको सञ्चालन र खिरमयाँ थापाको अध्यक्षताबाट अगाडि बडेको उक्त कार्यक्रममा चोबनाथ शर्मा धर्मराज शर्मा भद्रबहादुर थापा, मनोज जिसी, बालिका देबि शर्मा, सम्झना श्रीस थापा र आलोक म्याकमिलनले अतित्थ्यता गर्नुभएको थियो ।

कुमारी थापा, कृष्ण प्रसाद शर्मा, जंग बहादुर थापा, छबिलाल कार्कि, डिल बहादुर रानाले कार्यक्रम सफलताको शुःभकामना मन्त्ब्य राख्नुभएको थियो ।

ज्ञात-अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पछि एकराज पौडेलले उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गर्नुभएको थियो । रक्तिम परिवारले गितबाट स्वागत गरेका थिए । बिच बिचमा जनवादी गित संगित प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक बानाएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार