कोयम्बटोरमा देउसीभैलो समापन

चन्द्र प्रसाद पौडेल, 

कोयम्बतुर, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता कोयम्बतुर नगर समितिको आयोजनामा खेलिएको २०२३ (२०८०) सालको देउसी-भैली कार्यक्रम समापन गरिएको छ।

खिमानन्द शर्माको अध्यक्षता र चन्द्रप्रसाद पौडेलको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्यहरु भिमलाल शर्मा, टेक बहादुर बि.क., रक्तिम क्षेत्रीय बिभागका सदस्य बल बहादुर बि.क., महिला क्षेत्रीय बिभागकि सदस्य मिना हमालको आतित्थ्यता ग्रहण पछि ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । तत्पश्चात उपस्थीत जनसमुदायलाई रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गित-सङितबाट र नगर सचिब चन्द्रदत्त शर्माले उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।

भिमलाल शर्मा, टेक बहादुर बि.क., बल बहादुर बि.क., मिना हमालले उक्त देउसी-भैलो कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रम को बीच-बिचमा देउसी-भैली र रक्तिम गितहरु प्रस्तुत गरिएको थियो। ईरोड तर्फको खिमानन्द शर्मा, टाउन हल एरिया समितिको तर्फबाट चन्द्रप्रसाद पौडेल, कनबाइ एरिया समिति तर्फको चिरञ्जीवी शर्मा, अरसुर एरिया समिति तर्फको जमुना पौडेल र जन्सन एरिया समिति तर्फको प्रकाश शर्माले भैलोमा सहयोग गर्ने सहयोगीहरुको नाम प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार