प्रेम आचार्यको दुःखद निधन, मूल प्रवाहले गर्यो अन्तिम सँस्कार

धर्मराज शर्मा
तिरुवनन्तपुरम, १९ डिसम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुवनन्तपुरम नगर समितिले प्रेम आचार्यको अन्तिम सँस्कार गरेको छ । आचार्य ३८ बर्षदेखि निरन्तर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य रहँदै आएका थिए । पछिल्लो समय उनी तिरुवनन्तपुरम नगर समितिका सदस्य थिए ।

जैमिनि नगरपालिका चार सर्कुवा बाग्लुङ निवासी बाबु उमानन्द आचार्य आमा रुपबिना आचार्यका माईला छोरा श्रीमती रत्नकला आचार्यका श्रीमान तथा बाबुराम आचार्य राजु आचार्य र छोरी देबि चालिसेका पिता थिए । बसाई सराई गरि गैडाकोट पाँच बैकुन्ठ टोलका स्थायी बासिन्दा प्रेम आचार्य बर्ष ६१ का रोजिरोटिको सिलसिलामा केरला राज्यको तिरुवनन्तपुरम नेणुमँगाडस्थित रहेको केरला जलप्राधिकरणमा लामो समय कार्यरत रहि २०१६ मा अबकाश प्राप्त गरेका थिए ।

श्रमजिबि बर्गको उद्वार र उत्थानको लागि १९८६ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तिरुबनन्तपुरम नगर समितिमा रहि आफुले सक्दो सामाजिक कार्यहरुमा खट्दै आएका थिए । मूल प्रवाह र युबक मोर्चामा रहि आफ्नो जिम्मा बहन गर्दै आएको ऐतिहाँसिक क्षणलाई सम्झिदै एकजना आत्मिय मित्रले साथि गुमाउनु पर्दाको दुःख बेक्त गर्नुभएको थियो ।

अबकाश प्राप्तपछि पनि अफिसियल लेनदेनको लागि आचार्य सम्बन्धित स्थानमै दैनिकी जोहो गर्दै आफ्ना दिनचर्या बिताउँदै आएका थिए । १६ डिसम्बर २०२३ का दिन एकजना स्थानिय बासिन्दाले मूल प्रवाह नगर समितिका हरिलाल सापकोटालाई घटनाबारे जनकारी गराए लगत्तै साथिहरु घटना स्थलमा पुगि आचार्यलाई अस्पतालमा ल्याउने पोस्मोर्टम गर्ने प्रसासनिक कार्यहरुमा खटिदै स्वदेश घर परिवारहरुमा जानकारी गराउने काम भएको थियो ।

देशबाट पुर्ब क्षेत्रीय सदस्य तथा तिरुवनन्तपुरम नगर कोषाध्यक्ष घनश्याम पौडेल र आचार्यका छोरा राजु आचार्य कार्यस्थलमा पुगेपछि बाँकि प्रकृयाहरु पूरा गरि १९ डिसम्बर २०२३ का दिन नेणुमँगाट मुनिसिपालिटिको संसानघाटमा मूल प्रवाहका साथिहरु, आफन्तजन तथा स्थानिय बासिन्दाहरुको उपस्थितिमा अन्तिम संस्कार गरेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति तिरुवनन्तपुरम कोट्टयाम नगर समितिले मृतकप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार