राज्यले बिर्सेकाे “घाेरनेटी” अस्पताल

अमृत बहादुर ओली

राेल्पाकाे माडी गाउँपालिका वडा न-१ (साविक ओत) मा पर्ने घाेरनेटी जनयुद्ध कालका प्रख्यात ठाउहरु मध्येकाे एक चर्चित ठाउँ हो । यस ठाउँमा ने.क.पा. (माओवादी)ले देशकै ठुलो जननामुना अस्पताल घाेषणा गरेर बालकदेखि वृद्धासम्मलाई कठिन श्रमदान गराएकाे थियो । म सात कक्षामा पढ्दा १४ दिन श्रमदान गरेको स्मरण ताजै छ । मजस्ता धेरै विद्यार्थी तथा वृद्धवृद्धाले श्रमदान गरेका थिए । विभिन्न जनकारबाहीमा परेका जस्तै, मदिरा सेवन, बहुविवाह, बालविवाह, चाेरी, हत्या, जनयुद्धमा सहयोग नगरेका जस्ता मानिसहरूले महिनाैँ महिना श्रमदान गरेका थिए । राेल्पा लगायत छिमेकी जिल्लाहरू दाङ, सल्यान, रुकुम, बालुङ आदी जिल्लाबाट श्रमदान गर्न आएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार