चेकको चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डमा १४ जनाको ज्यान गयो

चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् ।

जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।

चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ । हिजो मात्रै उहाँ पेरिसको दुईदिने भ्रमणमा निस्कनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार