हार्दिक श्रद्धाञ्जली

कोयम्बटोर । स्थायी ठेगाना बाग्लुङ जिल्ला, भिम पोखरा निवासी नरसिंह बहादुर थापाको ९० को उमेरमा निधन भएको छ । वहाँ हाल निलगिरी जिल्ला अन्तर्गत तुदुरमटममा आफ्नो सर्बिस अवकाशपछि पेरियनायकन पालयममा सपरिवार बसोबास गर्दै आउनुभएको थियो । वहाँ कोयम्बतुर नगर समिति अन्तर्गत पेरियनायकन पालयम एरिया समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ लामो समयसम्म प्यरलाइस बिमारले ग्रस्त हुनुहुन्थ्यो । रोगको ग्रस्तको कारण र बृद्द उमेरको कारण २१ डिसेम्बर २०२३ का दिन करिब १०ः३० बजे बिहान दुखद निधन भएको थियो । उहाँको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतुर नगर समिति र निलगिरी नगर समिति र आफन्तजनको उपस्थितिमा २२ डिसेम्बर २०२३ का दिन कोयम्बतुरको पेरियनाकन पालयमस्थित संसानघाटमा अन्तिम संस्कार गरिएको छ ।

उहाँको अन्तिमसंस्कार राम सिङ थापा (मृतक को छोरा)को अध्यक्षता, मिना हमालमा सन्चालन एवं एक मिनेट मौनधारण पछि बिरे थापा, भिमलाल शर्मा र टेक बहादुर बिकले शोक मन्तबय राख्नु राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार