हिमाचल चिडगांव नगर समिति पुनर्गठन

चिडगांव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत चिडगांवमा नगर समिति पुनर्गठन गरिएको छ । हिमाचल राज्य समितिका अध्यक्ष बीरु श्रेष्ठ, कोषाध्यक्ष सीताराम बुढा र सदस्य चिन्त बहादुर पुनको विशेष उपस्थितिमा ११ पूर्ण ३ जना बैकल्पिक सदस्य र ३ सल्लाहकार सदस्य सहित १७ सदस्यीय चिडगांव नगर समिति गठन भएको हो ।

चिंत बहादुर पुनको संचालन उपस्थित सबैलाई संगठनको विधान तथा नियमावली बारे राज्य समितिका अध्यक्ष बीरु श्रेष्ठले संगठनको आवश्यकता तथा भारत प्रवासमा मूल प्रवाहले खेलेको भूमिकाको बारेमा सीता राम बुढाले भेलामा सहभागिहरुलाई स्पष्ट पार्नुभएको थियो ।

भेलाले मोहनलाल बुढाको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– महेश बुढा, सचिव– दिलिप रोका, सहसचिव– सन्तोष बुढा, कोषाध्यक्ष– जय प्रकाश, सदस्यहरुमा क्रमशः आशा बुढा, सुनिल, ममता, रजनी, लीला, पार्वती रोका, बैकल्पिक सदस्यमाः रामजीता बुढा, समिर, र आकास रहनुभएको छ । त्यस्तै रीना बुढा, मन कुमारी र सुसीलालाई भेलाले सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई सिताराम बुढा र विरु श्रेष्ठले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार