भोपालमा २०८० को देउसी भैलो समिक्षा गरियो

कृष्ण पचभैया

भोपाल । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा संचालित बर्ष २०८० को देउसी भैलो समापन तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

भोपालमा मूल प्रवाहले नेपाली परम्परा, रितिरिवाज, संस्कृतिको जगेर्ना गर्दै, रोजगारीको खोजीमा भारत प्रवासमा रहेता पनि विभिन्न कार्यक्रम जस्तै देउसी भैलो, हरितालिका तीज, फागुपूणर्िमा, इत्यादि कार्यक्रमसंगै रचनात्मक, बौद्धिक, साँस्कृतिक इत्यादि प्रगतिशील आधारमा मनाउँदै आइरहेको छ । यस बर्ष पनि विभिन्न कार्यक्रम सहित देउसी भैलो समापन तथा समिक्षा एवं बनभोज कार्यक्रम राखिएको थियो । कार्यक्रममा कलाकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो साथै नया“ जोडिनुभएका सदस्यहरूलाई अबिर तथा मालाले सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित अतिथि, संगठनका कार्यकर्ता एवं बुद्दिजिवि, ब्यापारी, पत्रकार, मेस व्यवस्थापन, कलाकार, विभिन्न क्षेत्रबाट प्रतक्ष्य वा अप्रक्ष्य सहयोग, समर्थन गर्नुहुने सम्पूणर्लाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रमको संचालक सोनु थापा र अध्यक्ष्यता रमेश रानाले गर्नुभएको थियो । केन्द्रीय सदस्य ताल बहादुर खड्का, नारायण सापकोटा, नगर समितिबाट प्रेमा शर्मा, पशुपतिनाथ मन्दिर समाजका अध्यक्ष्य बिष्णु शर्मा लगायत तथा भोपालमा स्थित विभिन्न समाज, संघसंस्थाहरूबाट पनि आतित्थ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार