वापीमा खुल्ला भलीवल प्रतियोगिता सम्पन्न

निखिल रावत

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी पश्चिम, वापी पुर्व, सिलवासा, दमन संयुक्त नगर समितिको आयोजनामा खुल्ला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

निखिल रावतको अध्यक्षता र मूल प्रवाह केन्द्रीय समिति सचिव बेद बहादुर कार्कीको प्रमुख अतिथि र केन्द्रीय सदस्य गोबिंद थापा, रमकला काउछा, कृष्ण कुँवर, श्रीधर शर्मा, टंक कुँवर, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबु राम दहित, सहसचिव हरि काउछा, सिलवासा नगर समितिबाट मान बहादुर थापा, दमन नगर अध्यक्ष सेर बहादुर बिक, वापी पूर्व नगर अध्यक्ष भुवन सिंह धामी, महिला बिभाग पश्चिम भारत क्षेत्रीय संयोजक बिष्नु माया शर्मा लगायतको आतित्थ्यता रहेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

खेलमा तारापुर युवा क्लब प्रथम र प्रभु मनि ट्रांसफर प्राली वलसाड द्वितीय स्थान प्राप्त गरेको थियो । प्रथम टिमलाई प्रमुख अतिथि बेद बहादुर कार्कीले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने द्वितीय टिमलाई केन्द्रीय सदस्य गोबिन्द थापाले शिल्ड मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

देवेन्द्र रावलले संचालन र निखिल रावतले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रममा सहभागि सम्पूणर्लाई प्रविन सिंह काउछाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार