के प्राचीन भारत हिन्दू राष्ट्र थियो ?

सिन्धु सभ्यताका मानिसहरुबारे हुने एउटा ठूलो बहसको कुरा गरौं। उनीहरु को थिए? कम्तिमा विद्वानहरुको खोजका आधारमा मैले संकलन गरेको तथ्यहरुका भरमा यो प्रश्नको जवाफ निकै निश्चिततापूर्वक दिन सकिन्छ।

सन् १९२०को दशकको सुरुवातमा राखलदास बनर्जीले मोहेन्जो–दारो अर्थात् शवहरुको थुप्रो पत्ता नलगाउँदा सम्म यो सभ्यताको प्राचीनताका बारेमा आधुनिक विश्वका मानिसहरु बेखबर थिए। यो भन्दा केही वर्ष अघि बनर्जीले पत्ता लगाएकै जस्ता सिलहरु दयाराम सहनीले पन्जाबको हरप्पामा पत्ता लगाएका थिए। ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया’का जोन मार्सलले सन् १९२४ मा सिन्धु नदीको क्षेत्रमा आजसम्म थाहा नभएको प्राचीन सभ्यता पत्ता लागेको घोषणा गरेर संसारको ध्यान यता तानेका थिए। त्यसयता बलुचिस्तान, सिन्ध, गुजरात, राजस्थान, पन्जाब, हरियाणा लगायतका क्षेत्रमा ठूलो संख्यामा सिन्ध सभ्यताका शहरहरुको अवशेष फेला परिसकेका छन्।

यी शहरहरु कास्य युगका मानिसहरुले बनाएका थिए। उनीहरु खेतीपाती गर्थे, माटाका भाँडाकुडा र केही धातुका वस्तुहरु पनि बनाउँथे। समुद्री बन्दरगाहसमेत भएका शहरहरु उनीहरुले बनाएका थिए। उनीहरु जल र स्थलमार्गबाट लामो दुरीको व्यापार पनि गर्थे। हरप्पन सिलमा भएका अक्षरहरु पढ्ने विधि थाहा भइनसकेकाले उनीहरुको भाषा के थियो भन्ने अहिलेसम्म थाहा भइसकेको छैन। इशापूर्व २००० तिर धेरैजसो यहाँका सहरहरु मानिसहरुले छोड्न थालेका थिए भन्ने थाहा हुन आएको छ। तर, किन? यसको जवाफ विरोधाभाषयुक्त छ।

हरियाणा–पन्जाब, खैबर–पख्तुन्ख्वा र पूर्वी अफगानिस्तानमा केही काल दुवै समुदायका मानिसहरु बसोबास गरेका थिए। उनीहरुको दृष्टिकोणमा भारोपेली परिवारको संस्कृत भाषा बोल्ने इन्डो–आर्यन मानिसहरु मध्य एसियाबाट भारतीय उपमहाद्विपको उत्तर–पश्चिमी भागमा इशापूर्व १५०० पछि बसाइँ सरेका थिए।

ऋगवेद र पर्सियन अवेस्तामा प्राप्त प्रमाणहरुका आधारमा, वैदिक सभ्यता ईशापूर्व १२०० देखि १५०० वर्षभन्दा पुरानो हुननसक्ने उनीहरुको दाबी छ। त्यसैले, सिन्धु सभ्यताका मानिसहरु आर्यभन्दा पहिले यहाँ बसोबास गरेको जाति हुनुपर्छ भन्ने उनीहरुको अनुमान छ। सम्भवतः उनीहरु द्रविडका पूर्खा थिए।  सन् १९४६मा मोर्टिमेर वीलरले मोहेन्जो–दारोमा पाइएका प्राचीन शवका अस्थिपञ्जरहरुको अध्ययन गरे र एउटा नाटकिय घोषणा गरे– घोडचढी आर्यनहरुको असाध्यै ठूलो झुण्डले आकस्मिक रुपमा सिन्धु सभ्यताका शहरहरुमाथि आक्रमण गरेर अधिपत्य जमाएका थिए।

अहिले विद्वानहरुले वीलरको सिद्धान्तलाई गम्भिरताका साथ लिन छोडेका छन्। आज धेरैजसो विद्वानहरुले लागतारको विनाशकारी बाढी र निरन्तरको खडेरीजस्ता प्राकृतिक विपद वा व्यापारमा आएको गिरावट जस्ता आर्थिक संकटलाई सिन्धु सभ्यताको पतनको कारण मान्ने गरेका छन्। ती विद्वानहरुको अनुसार वैदिक मानिसहरु आउनुभन्दा अघि नै सिन्धु सभ्यताको पतन सुरु भइसकेको थियो। यद्यपी त्यसअघि पनि केही भौगोलिक क्षेत्रमा भने वैदिक र सिन्धहरु दुवैको बसोबास थियो।  हरियाणा–पन्जाब, खैबर–पख्तुन्ख्वा र पूर्वी अफगानिस्तानमा केही काल दुवै समुदायका मानिसहरु बसोबास गरेका थिए। उनीहरुको दृष्टिकोणमा भारोपेली परिवारको संस्कृत भाषा बोल्ने इन्डो–आर्यन मानिसहरु मध्य एसियाबाट भारतीय उपमहाद्विपको उत्तर–पश्चिमी भागमा इशापूर्व १५०० पछि बसाइँ सरेका थिए।

१९२०को दशकको पूर्वाद्धमा युरोपमा नश्लीय सिद्धान्त र भाषावैज्ञानिक इतिहास लेखन प्रभावशाली थियो। उनीहरुले वैदिक र सिन्धहरुबीचको सम्बन्धको प्रश्न पनि नश्लीय दृष्टिबाट समाधान गर्ने प्रयत्न गरे। त्यसैले, बाहिरबाट आएका श्वेतवर्ण आर्यहरुले श्यामवर्ण द्रविडहरुलाई, जसलाई उनीहरु अनार्य भन्छन्,  ‘पराजित गरी अधिनस्थ गरे’ भन्ने सिद्धान्त बनाइयो। यहाँ वैदिक व्यवस्थाको वर्ण विभाजन प्रयोग भएको देख्न सकिन्छ। किनभने, ब्राम्हण, क्षत्रीय, वैश्य र शुद्र गरी चार वर्णमा गरिएको विभाजनमा श्याम वर्णका आदिवासीहरुलाई पक्कै पनि सबैभन्दा तल्लो वर्णका रुपमा वर्गीकृत गरिएको हुनुपर्छ भनेर अनुमान गर्न सकिन्छ।

यो सिद्धान्तले ऋगवैदिक कालको प्रारम्भिक समयमा जाति व्यवस्था अत्यन्तै सुरुवाति चरणमा थियो र आज हामीले बुझ्ने जात व्यवस्थाका विशेषताहरु त्यसबेला केही पनि थिएनन् भन्ने कुरालाई वेवास्ता गरेको छ। वास्तवमा सुरुवाती चरणका बेलायती पुरातत्वविदहरुले निर्माण गरेका यो सिद्धान्त अत्यन्तै क्रुर र बदनाम नश्लवादमा आधारित थियो। तर, आर्य–द्रविडबीचको नश्लीय विभन्नताले आजका लोकप्रीय बहसमा पनि उत्तिकै प्रभाव जमाइरहेको छ।

यहाँ चर्चा गरिएका प्रमाणहरुका आधारमा विद्वानहरुले वैदिकहरु सिन्धु सभ्यताको पतनपछि बसाइँ सरेर आएको दाबी गरिरहेका छन्। भाषावैज्ञानिक विश्लेषणले ऋगवैदिक ऋचाहरु इशापूर्व ७०० आसपास रचना भएको मानिएको प्राचीन पर्सियन अवेस्ताका गाथाहरु भन्दा धेरै पुरानो नभएको संकेत गर्छ। त्यसैले, वैदिकहरु सिन्धु सभ्यता भन्दा पछिका मानिसहरु थिए।

भाषावैज्ञानिक विश्लेषणले ऋगवैदिक ऋचाहरु इशापूर्व ७०० आसपास रचना भएको मानिएको प्राचीन पर्सियन अवेस्ताका गाथाहरु भन्दा धेरै पुरानो नभएको संकेत गर्छ। त्यसैले, वैदिकहरु सिन्धु सभ्यता भन्दा पछिका मानिसहरु थिए।

यस्तै, वैदिक संस्कृतले विभिन्न वस्तुहरुलाई जनाउने धेरै नामहरु द्रविडियन भाषाबाट लिएको पनि पाइएको छ। भारतीय भाषाहरुमा सबैतिर पाइने तर अरु भारोपेली भाषामा नपाइने कतिपय मुर्धन्य व्यञ्जन वर्ण पनि वैदिक संस्कृतमा यही स्रोतबाट प्रवेश गरेका थिए। ट, ठ, ड, ढ, ण आदि यस्ता व्यञ्जन हुन्। यी व्यञ्जनहरु भारतमा बोलिने द्रविडियन वा मुण्डारी भाषाबाट संस्कृतमा प्रवेश गरेका थिए। अप्रभंश भएका कतिपय द्रविडियन परिवारको भाषा बोल्ने जातिहरु उत्तरी भारतमा पनि पाइन्छन्। जस्तैः बलुचिस्तानका ब्रहुई, नेपालका कुरुख (उराउँ र किसान जाति) र मध्यभारतका उराउँ र गोन्ड जाति यसका उदाहरण हुन्।

अन्त्यमा, निश्चित रुपमा लिखित प्रमाणहरुले वैदिक आर्यहरु घोडा तथा डंडीयुक्त (स्पोक्ड) चक्का भएका रथ चलाउनमा सिद्धहस्त थिए भन्ने देखाउँछन्। आजसम्म सिन्धु सभ्यताका मानिसहरुले घोडा प्रयोग गरेका प्रमाण प्राप्त भएको छैन। अहिलेका विद्वानहरुले आर्यहरु मध्य एसियाबाट बसाइँ सरेर आएपछि आक्रमण गरी द्रविडहरुलाई दक्षिणतिर लखेटेको नभएर उनीहरुसँग घुलमिल भएर बसेको निष्कर्ष निकालेका छन्। यसक्रममा उचनीचको व्यवस्था र विभेदसहितको सामाजिक संरचना निर्माण भयो। आर्यहरु आदिवासी मानिसहरुसँग घुलमिल पनि भए तर बहिष्करण पनि गरे। सहअस्तित्व पनि भयो तर द्वन्द्व पनि भयो। तर, भारतीयहरुको प्राचीन इतिहास दाबी गर्ने अति राष्ट्रवादी चाहनालाई भने वैदिक आर्यहरु बसाइँ सरेर आएका हुन् भन्ने सिद्धान्तले विस्थापित गरिदियो।

ठूला–ठूला संस्कृत साहित्यका ग्रन्थहरुमा उतारेर सुरक्षित गरिएको भारतको प्राचीन सभ्यता आधुनिक भारतीयका लागि ठूलो गौरवको विषय हो। यो सभ्यताको उपलब्धि शास्त्रीय युनानी सभ्यताको उपलब्धिसँग प्रतिस्पर्धी देखिन्छ। यसलाई युरोपियन ‘ओरियन्टालिस्ट’हरुले नै प्रमाणित गरिदिएका छन्। यस्तो उपलब्धि हासिल गर्ने वैदिक आर्यहरुका पुर्खा भारतीय भूमिका नभएर मध्य एसियाबाट आएका हुन् भन्ने कुरा नराम्रो दागका रुपमा उनीहरुले लिने गरेका छन्। त्यतिमात्रै होइन, वैदिक आर्यहरुसँग कुनै सम्बन्ध नभएको अर्को विशाल र पुरानो सभ्यता, सिन्धु सभ्यता, पनि यो भूमिमा थियो भन्ने कुरा राष्ट्रवादीहरुका लागि अर्को झट्का हुन पुग्यो। यस्तो सभ्यता जसको भाषा र संस्कृतिबारे आजसम्म थाहा छैन र त्यसपछि यसको भविष्य के भयो भन्ने पनि अनुसन्धान गर्न बाँकी नै छ।

त्यसैले, वैदिक आर्यहरु बसाइँ सरेर आएका हुन् भन्ने सिद्धान्त विरुद्ध वैदिक र सिन्धु सभ्यताका मानिसहरु दुवै एकै समुदायका हुन् र भारतका आदिवासी हुन् भन्ने अर्को दाबी गर्न सुरु गरियो। सिन्धु सभ्यताका मानिसहरु सिन्धु नदीले बनाएका उपत्यका आसपास बसोबास गर्थे भने वैदिक आर्यहरु अहिले विलुप्त भएको सरस्वती नदी आसपास बसोबास गर्थे। यसको एक अंश पूर्वी पन्जाबमा पर्ने घाघर नदीलाई मानिएको छ। सिन्धु सभ्यताका मानिसहरुको भाषा प्रोटो–इन्डो–युरोपियन थियो, जुन संस्कृतको पूर्वस्वरुप थियो। सिन्धु सभ्यतामा घोडा प्रयोगको प्रमाण अहिलेसम्म पाइएको छैन तर प्रमाण नपाइनु उनीहरुले घोडा प्रयोग गर्दैन थिए भन्ने प्रमाण पनि होइन।

यो दृष्टिकोण राख्ने मानिसहरु वैदिक आर्यहरु मध्य एसियाबाट दक्षिण एसिया बसाइँ सरेको नभएर दक्षिण एसियाबाट त्यता बसाइँ सरेका दाबी गर्छन्। उनीहरुका अनुसार आर्यहरुले पहिले भारतमा सिन्धु–सरस्वती सभ्यता निर्माण गरे। त्यसपछि, इरान, मध्य एसिया र युरोपतिर बसाइँ सरे। तर, आर्यहरुले भारतमा पहिले विशाल सभ्यता निर्माण गरेका थिए भन्ने सिद्धान्त अनुसरण गर्नेहरुले आफुलाई प्रमाणित गर्न थुप्रै चुनौती छन्।

पहिलो, इन्डो–आर्यनहरु इरानी र युरोपियन मानिसका पनि पुर्खा थिए। यदि उनीहरु भारतबाट बसाइँ सरेको भए त्यहाँका मानिसहरुको पनि मातृभाषा संस्कृत हुनुपर्ने थियो। तर, इरानी र युरोपेलीका पूर्खा कहिल्यै पनि संस्कृत भाषी थिएनन्। दोस्रो, उत्तर भारतीय क्षेत्रहरुमा आज पनि द्रविडियन भाषाहरुको उपस्थितिलाई कसरी हेर्ने, संस्कृतमा पाइने मुर्धन्य व्यञ्जनहरु अरु इन्डो–युरोपेली भाषामा नपाइएको कुरालाई कसरी व्याख्या गर्ने? यदि संस्कृत उनीहरुको मूल भाषा हुन्थ्यो भने इरानी र युरोपेली भाषाहरुमा पनि द्रविडियन भाषाका अवेशष भेटिनु पर्ने थियो, जसरी संस्कृतमा भेटिन्छ। तेस्रो, सिन्धु सभ्यताका पुरातात्विक स्थलमा घोडाको अवशेष नभेटिएको कुरालाई त आशंका गर्न सकिएला तर सिन्धु सभ्यता इन्डो–आर्यनहरुभन्दा सम्पूर्ण रुपमा फरक थियो भन्ने प्रमाणलाई चुनौति दिन गाह्रो छ। अरु भिन्नताहरुले घोडा नपाइएको विषयलाई सकारात्मक शंका गर्ने अवसर दिँदैनन्।

यो फरक अवस्था हो किनभने यहाँ अध्ययन गर्नु वा प्रमाणहरु जुटाउनु भन्दा पहिले नै निष्कर्ष निकालिएको छ। परिणामस्वरुप, प्रमाणहरुलाई आफ्नो निष्कर्ष सुहाउँदो रुपमा प्रस्तुत गर्ने गरिन्छ। वैदिक आर्य अर्थात् भारतीय हिन्दूका पुर्खाहरु भारतीय भूमि कै थिए र सिन्धु सभ्यता निर्माण गर्ने मानिसहरु पनि उनीहरु नै थिए भन्ने दावी गरेपछि यसलाई प्रमाणित गर्ने प्रमाणहरु जुटाउनु छ, ऐतिहासिक सत्य पत्ता लगाउनु उनीहरुको मुख्य उद्देश्य नै होइन।

रोचक त के छ भने भारतभरी धेरै पछिसम्म आफ्नो वंशावली असुर नाम भएका राजासँग जोड्ने धेरै राजावंश थिए। यसले पहिले वैदिक आर्यहरुको विरोध गरेका तर पछि उनीहरुकै समाजिक–राजनीतिक व्यवस्थामा समाहित भएका मानिसहरुले आफ्ना पुर्खाहरुसँगको सम्बन्ध मिथकीय रुपमा सम्झनामा राखेको संकेत गर्छ ।

वैदिक देवताहरुको प्रशंसामा तिम्रा पूर्खाहरुले महान् ऋचाहरु रचना गरेका थिए भन्ने सोचेर तिमी गौरवान्तित भएको कुरामा पनि मैले ध्यान दिनु पर्छ (यद्यपी, तिम्रो लागि वैदिक संस्कृत प्राचीन मंगोलियन भाषा जस्तै अनौठो हुनसक्छ)। ऋचा वा कविताका रुपमा रहेका वैदिक साहित्य मूलतः उपासना मन्त्रहरुको संकलन हो, जुन बलि दिने कर्मकाण्ड वा यज्ञमा प्रयोग गरिन्थ्यो। यज्ञमा प्रायः राजा, योद्धाहरु र यज्ञ गराउने ब्राम्हणको मात्रै सहभागिता रहन्थ्यो। अर्थात, वैदिक कर्मकाण्डमा तत्कालीन समाजका सम्भ्रान्तहरुको मात्रै सहभागिता रहन्थ्यो। उत्तरी भारतीय क्षेत्रमा तीन हजार वर्ष पहिले बस्ने धेरै मानिसहरु यो संस्कृतिबाट बहिस्कृत थिए। खासगरी, महिला, तल्लो वर्णका मानिसहरु र अनार्यहरुलाई वेद सुन्न पनि वर्जित गरिएको थियो।

वेदमा इन्द्रको नेतृत्वमा रहेका देवहरुले असुरसँग गरेका अनेक लडाईंका कथा छन्। यी युद्धमा देवहरुले एकदमै कठिन जितमात्रै हात पारेका छन्। किनभने, असुरहरु पनि उत्तिकै शक्तिशाली थिए।  तर, ती असुरहरु को थिए? वेदका प्रारम्भिक ऋचाहरुले उनीहरु पनि ईश्वरकै सन्तान भएको तर वेद अस्वीकार गरेका बताउँछन्। तर, पछि रचना गरिएका ब्राम्हण र संहिताहरुले भने उनीहरुलाई स्थानीय दुश्मनका नाइके भएको संकेत गर्छन्, जसलाई दास वा दस्यु भनिएको छ।

रोचक त के छ भने भारतभरी धेरै पछिसम्म आफ्नो वंशावली असुर नाम भएका राजासँग जोड्ने धेरै राजावंश थिए। यसले पहिले वैदिक आर्यहरुको विरोध गरेका तर पछि उनीहरुकै समाजिक–राजनीतिक व्यवस्थामा समाहित भएका मानिसहरुले आफ्ना पुर्खाहरुसँगको सम्बन्ध मिथकीय रुपमा सम्झनामा राखेको संकेत गर्छ। गैर–आर्य मानिस वा उनीहरुको नाइकेका लागि असुर शब्द प्रयोग गर्दा वैदिक आर्यहरुले उनीहरुसँग विशेष मायावी शक्ति भएको उल्लेख गरेका छन्। यसको वास्तविकता भने धेरै आदिवासीहरुसँग फलाम निकाल्ने र प्रयोग गर्ने जस्ता विभिन्न पदार्थहरुलाई तयार गर्ने र उपचार सहित विभिन्न काममा प्रयोग गर्ने ज्ञान थियो, जुन ज्ञान वैदिक आर्यहरुसँग थिएन भन्ने हो। तिमीलाई थाहा छ, आज पनि झारखण्डमा असुर भनिने एउटा आदिवासी समुदाय बस्छ जसले शताब्दीयौं देखि फलाम पगाल्ने काम गर्दै आएका छन्?

यदि तिमीले तथ्यलाई हे र्‍यौ भने आर्य जाति नभएर वैदिक ऋचाहरु उच्चारण गरेर वैदिक कर्मकाण्ड गर्ने सम्भ्रान्त मानिसहरु थिए भन्ने बुझ्न सक्छौ। वास्तवमा, आफुलाई आर्य भन्नेहरु मध्ये कतिपयको मातृभाषा संस्कृत थिएन। उनीहरु अरु नै भाषा बोल्थे र पछि संस्कृत भाषा सिकेका थिए। उत्तर भारतका प्राकृतजन भनिने मानिसहरु द्रविडियन वा मुन्डारी परिवारका भाषा बोल्थे। तर, उनीहरुले कतिपय संस्कृत शब्द पनि सापटी लिएका थिए। यी आधुनिक भारतीय भाषाका प्रारम्भिक स्वरुप थिए।

सन्थाल लोककथाका अनुसार उनीहरु पटकपटक जंगल फाँडेर स्थायी बसोबास सुरु गर्थे तर कृषि र व्यापारमा आधारित ब्राह्मण जात व्यवस्था सहितको व्यवस्थित समुदायका दिकुहरुले आक्रमण गरी उनीहरुको जमिन खोस्थे र उनीहरु आफ्नो ठाउँ छोडेर हिड्नु पथ्र्यो।

तिम्रो विश्वविद्यालयका केही शिक्षकहरुले संस्कृत साहित्यका धेरै विद्वानहरु भारतवर्षका फरक–फरक क्षेत्रका थिए र उनीहरु एउटै संस्कृतिको प्रतिनिधित्व गर्थे, त्यसैले राष्ट्रका रुपमा भारत शताब्दीयौं पहिलेदेखि अस्तित्वमा थियो भन्ने दाबी गर्छन् भन्ने सुनेको छु। उनीहरु पुराना पण्डित हुन् भन्ने सुनेको थिएँ। यदि उनीहरुले आफूलाई हिमालयदेखि समुद्रसम्म फैलिएको भारतीय समाजको दाबी गर्छन् भने उनीहरुले सिकर्मी, चमार र लोहारजस्ता मानिसहरुलाई यसमा समावेश गरेका थिएनन्, न त उनीहरुले भील र मुण्डजस्ता जनजातीय समुदायलाई नै समावेश गरेका थिए। जब म यस्ता बहस सुन्छु, तिम्रा प्राध्यापकहरु किन यस्तो अर्थहिन बहसका लागि आफूले आर्जन गरेको अमूल्य ज्ञान प्रयोग गर्छन् भनेर मलाई अचम्म लाग्छ।

मुख्य कुरा के हो भने यदि तिमीले भारतीय प्राचीनतालाई आर्य र वेदसँग (अझ पछाडि गएर सिन्धु–सरस्वती सभ्यतासम्म) जोड्छौ भने तिमीले अत्यन्तै सानो समुदायको प्राचीन परम्पराको मात्रै कुरा गरिहेको छौ। भारतमा अरु धेरै यस्ता समुदाय छन्, जस्को परम्परा यो भन्दा विल्कुलै भिन्न छ। उदाहरणका लागि तामिल परम्परा कम्तिमा पनि इशापूर्व ४५० वर्ष पुरानो छ र आज संस्कृत शब्दहरुबाट सबैभन्दा कम प्रभावित छ। संघम साहित्य इशापूर्व ३०० देखि सन् ३००को बीचमा रचना भएको थियो। इशाको पहिलो शताब्दीमा रचना भएको थिरुक्कुरल आज पनि स्कुल पढ्ने तमिल विद्यार्थीले पनि सजिलै पढ्न सक्छ। तिमी हरियाणाको औसत विद्यार्थीले ऋग्वेद पढ्ने कुरा कल्पना गर्न सक्छौ? तमिलहरुले आफूलाई प्राचीन समुदाय दाबी गर्दा उनीहरुले किन सिन्धु–सरस्वती सभ्यतासँग आफूलाई जोड्नुपर्छ?

म तिमीसँग अर्को रोचक तर अत्यन्तै महत्वपूर्ण तथ्यको कुरा गर्छु। राष्ट्र, राज्य र मानिसहरुको आधुनिक परिभाषा बुझाउने फरकफरक शब्दहरु धेरै भारतीय भाषामा प्रयोग हुन्छन्। तिमीलाई थाहा छ, हिन्दीमा राष्ट्र, राज्य, लोक र जनता प्रयोग हुन्छ। यी सबै संस्कृतबाट आएका शब्द हुन्।

संस्कृतमा यी शब्दले फरकफरक आकारका विगतका विभिन्न सामाजिक र राजनीतकि एकाइहरु बुझाउँछन्। जस्तो जनपदले गाउँ वा शहरहरुको समूह बुझाउँछ भने एक राजाले शासन गरेको क्षेत्र बुझाउन राज्य र साम्राज्य प्रयोग हुन्थ्यो। तर, यी शब्दहरुले आज जे अर्थ दिन्छन्, पहिले त्यही अर्थ दिँदैन थिए। हिन्दीमा यी शब्दहरुको अर्थ बिसौं शताब्दीमा निश्चित गरिएको हो। यो अनौठो कुरा होइन। युरोपमा हेर, आज अंग्रेजीमा स्टेट, नेसन र पिपल शब्द प्रयोग हुन्छ। यी सबै शब्द ल्याटिन भाषाबाट आएका हुन्। युरोपेली भाषामा आज यी शब्दले जे अर्थ दिन्छन्, पहिले यी शब्दको अर्थ फरक थियो।

अरु भारतीय भाषामा यही अर्थ बोक्ने अरु नै शब्द छन्। तीमध्ये कतिपय संस्कृतबाटै लिइएका छन्, कतिपय अरु भाषाबाट। बंगाली भाषामा अंग्रेजीको नेसन बुझाउन जाति शब्द प्रयोग गरिन्छ, जुन कास्टका लागि पनि प्रयोग हुन्छ। हिन्दीका राज्य वा अंग्रेजीको स्टेटका लागि यो भाषामा राष्ट्र शब्द प्रयोग हुन्छ, यसको प्रयोग हिन्दीको राष्ट्रभन्दा विल्कुलै फरक हुन्छ। बंगालीमा पिपल बुझाउन जन, गण वा लोक शब्द प्रयोग गरिन्छ। उडिया र आसामी भाषामा राष्ट्र बुझाउन देश शब्द धेरै प्रयोग गरिन्छ। तेलगु भाषामा पनि यसका लागि देशम शब्द प्रयोग हुन्छ (तिमीलाई तेलगु देशम पार्टी थाहा नै होला?)।

तमिलमा भने यही शब्द तामिल स्वरुपमा तेकमका रुपमा प्रयोग हुन्छ। कन्नाडा र मलायलममा पनि स्टेट बुझाउन राज्य शब्द नै प्रयोग हुन्छ। तर, यही अर्थ दिने शब्दका रुपमा तमिलमा अरासु वा मानिलाम प्रयोग हुन्छ। म तिमीलाई यस्ता अनेकौं उदाहरण दिन सक्छु। यसको अर्थ के हो भने संस्कृतबाट भारतीय भाषामा लिइएका शब्दहरुले आधुनिक र प्रायः फरक अर्थ बोकिसकेका छन्। यी अर्थ विगतमा नभएका नयाँ राजनीतिक अवधारणालाई बुझाउन भारतीय भाषाहरुमा बिसौं शताब्दीमा निर्धारण भएका हुन्।

सन्थाल लोककथाका अनुसार उनीहरु पटकपटक जंगल फाँडेर स्थायी बसोबास सुरु गर्थे तर कृषि र व्यापारमा आधारित ब्राह्मण जात व्यवस्था सहितको व्यवस्थित समुदायका दिकुहरुले आक्रमण गरी उनीहरुको जमिन खोस्थे र उनीहरु आफ्नो ठाउँ छोडेर हिड्नु पथ्र्यो।

अहिलेसम्म मैले प्रमुख आधुनिक भारतीय भाषाहरुको मात्रै कुरा गरेँ। सन्थाल, कोल, भील, उराउँ, मुण्डाजस्ता मध्य भारतका आदिवासीहरुको मौखिक मिथकीय परम्परा छ। यसको उद्भव निर्धारण गर्न गाह्रो छ तर पनि ती प्राचीन हुन् भन्ने निश्चित छ। उनीहरुको भाषा भारोपेली परिवारको नभएर अष्ट्रोएसियाटिक र द्रविड परिवारमा पर्छ। तिमीले उदाहरणका लागि सन्थाल मौखिक परम्परा हेर्‍यौ भने अहिले नक्सामा ठम्याउन नसकिने विभिन्न ठाउँमा एक स्थानबाट अर्को स्थानमा बसाइँ सरेको लामो कथा देखिन्छ। चम्पा भन्ने ठाउँमा लामो समय बसोबास गर्नुअघि अस्त्रशस्त्रले सुसज्जित दुश्मनहरुको आक्रमणका कारण उनीहरु पटकपटक बसाइँ सरेका थिए।

चम्पामा सन्थाल भित्रका हेम्ब्रोम, किस्कु, मुर्मु, तुडु जस्ता वंशहरुले आफ्नो रक्षाका लागि आफ्नै किल्ला बनाएका थिए। तर, उनीहरुकै भाषामा दिकु अर्थात् बाहिरिया भनिने मानिसहरुले आक्रमण गरेपछि उनीहरु सन्थाल परगनाको जंगलमा बसाइँ सर्न बाध्य भए। सन्थाल लोककथाका अनुसार उनीहरु पटकपटक जंगल फाँडेर स्थायी बसोबास सुरु गर्थे तर कृषि र व्यापारमा आधारित ब्राह्मण जात व्यवस्था सहितको व्यवस्थित समुदायका दिकुहरुले आक्रमण गरी उनीहरुको जमिन खोस्थे र उनीहरु आफ्नो ठाउँ छोडेर हिड्नु पर्थ्यो। पक्कै पनि शदियौंको आर्थिक र राजनीतिक अन्तरक्रियाका क्रममा मध्य भारतका आदिवासीहरुले पौराणिक परम्परा अरुले भन्दा बढि नै स्वीकार गरेका छन्।

विभिन्न पौराणिक देवताहरुलाई स्वीकार गरे पनि मौखिक परम्परामा ब्राहमणवादी धार्मिक व्यवस्थासँग उनीहरुको दुश्मनीको कथा जिवितै छ। र, वैदिक परम्परासँग उनीहरुको केही लिनुदिनु छैन। यो कथालाई मौखिक परम्परा त हो नि भनेर खारेज गर्नुअघि म तिमीलाई सम्झाउन चाहन्छु पहिले वेद पनि मौखिक नै थियो, लिखित थिएन।

यसमा अझ थप कुरा गर्नुपर्छ। भारतको अहिलेका सिमाना तिमी सम्झिन्छौ भने सिक्किमे, खासी, मीजो, नागा र मैतेइ समुदायका मानिसहरुले वैदिक आर्यहरुको प्राचीन उपलब्धिसँग आफूलाई कसरी जोड्न सक्छन् भन्ने अपेक्षा गर्छौ? उनीहरुको उद्गमको मिथक, भाषिक विशिष्टता र सांस्कृतिक अभ्यासले उनीहरु तिब्बत, दक्षिणपूर्वी चीन, बर्मा, थाइल्याण्ड र इन्डोनेसिया अझ ओसेनियाबाट आएको देखाउँछ। यदि तिमी भारतीयहरुको प्राचीनता वैदिक सभ्यतामा खोज्न जोड दिन्छौ भने यी सबै मानिसहरुलाई भारतीय हुनुको तिम्रो आधारहिन मान्यताबाट बाहिर राख्नु पर्ने हुन्छ।

आधुनिक मानिसका सुरुवाती पुर्खा कस्ता देखिन्थे भन्ने हामीलाई थाहा छैन। तर, अहिलेका जापानी, बोलिभियाली, नाइजेरियाली, अरब र अरु सबै ठाउँका मानिसहरु बसाइ सराइ र क्षेत्रीय तथा स्थानीय मिश्रणका कारण भएको अनुवांशिक परिवर्तनका कारण फरकफरक देखिएका हुन् भन्ने थाहा छ।

यहाँ मैले प्रष्ट रुपमा वैदिक परम्परा विरोधी जैन तथा बौद्ध जस्ता धर्म र जातीय, आर्थिक र सांस्कृतिक द्वन्द्वमा उनीहरुको सामाजिक आधारको त कुरै गरेको छैन। मैले विवादास्पद भारतमा इस्लामिक परम्पराको प्रश्न पनि उठाएको छैन।

अनुवांशिक विज्ञानका प्रमाणहरु
भारतका पुराना बासिन्दाहरु को थिए भन्ने प्रश्नमा नयाँ किसिमका प्रमाणहरु प्राप्त भइरहेका छन्। यस्तो विज्ञानको तालिम मैले लिएको छैन। तर, विशेषज्ञहरुसँग कुराकानी गरेर म आफूलाई यसबारे जानकारी राखिरहन्छु। यदि तिमी विज्ञानमा विश्वास गर्छौ भने यी प्रमाणहरुलाई तिमीले गम्भिरताका साथ लिनुपर्छ। अनुवांशिक वैज्ञानिकहरुले पुरातात्विक क्षेत्रमा प्राप्त भएका मानव अस्थिपञ्जरबाट लिइएका डिएनए विश्लेषण गर्ने नयाँ विधि बनाएका छन्। यस्तो विश्लेषणमा वाइ क्रोमोजोम, माइटोकोन्ड्रियल डिएनए र सम्पूर्ण वंशाणुको शृङ्खलाको परिक्षण गरिन्छ। भारत र पाकिस्तानका विभिन्न पुरातात्विक क्षेत्रबाट लिइएका यस्ता डिएनए परिक्षणको नतिजाले अति प्राचीन समयको जानसांख्यिक इतिहासबारे नाटकीय नतिजाहरु दिइरहेका छन्। म तिमीलाई यस्ता केही कहानी सुनाउँछु।

तिमीले पक्कै पनि अनुवांशिक वैज्ञानिकहरुले सबै मानिसको पुर्खा अफ्रिकाबाट अन्यत्र फैलिएको निश्चित भएको बताएको सुनेकै छौ होला। तिमीलाई यो वैज्ञानिक निष्कर्षको महत्व थाहा नै होला। साथै, होमो इरेक्टस, नियन्डरथल्स र डनिसोभन जस्ता मानिसका आदिम प्रजातिसँगको भिन्नता पनि थाहा नै होला। आधुनिक मानिसका सुरुवाती पुर्खा कस्ता देखिन्थे भन्ने हामीलाई थाहा छैन। तर, अहिलेका जापानी, बोलिभियाली, नाइजेरियाली, अरब र अरु सबै ठाउँका मानिसहरु बसाइसराइ र क्षेत्रीय तथा स्थानीय मिश्रणका कारण भएको अनुवांशिक परिवर्तनका कारण फरकफरक देखिएका हुन् भन्ने थाहा छ। समान उदगम हुनुको अर्थ अलगअलग समूहका मानिसहरुबीच अनुवांशिक भिन्नता नै हुँदैन भन्ने होइन। तर, यसले नश्लीय शुद्धता वा चीरकालसम्म एउटै देशमा बसेको भन्ने दाबीलाई खारेज गरिदिन्छ। कुनै नै कुनै समयमा सबै मानिसहरु बसाइँ सरेरै आजको ठाउँमा पुगेका हुन्।

दक्षिण एसियामा कृषिको पहिलो संकेत इशापूर्व ७००० तिर वर्तमान पाकिस्तानमा पर्ने बलुचिस्तान प्रान्तको मेहरगढ भन्ने ठाउँमा पाइएको छ। यसपछिको तीन–चार हजार वर्ष इरानी कृषक समुदायको बाक्लो बसाइ सराइको समय बन्यो र उनीहरु प्रथम भारतीयहरुसँग मिसिएर बस्न थाले।

आधुनिक मानिसहरु सबैभन्दा पहिले ७० हजार वर्ष अघि अफ्रिकाबाट बसाइँ सरेर एसिया आएका हुन्। सम्भवतः उनीहरुले आजको इरिट्रियाबाट लाल सागर (रेड सी) पार गरेर यमन हुँदै एसिया प्रवेश गरेका थिए। यसमध्ये केही झुण्ड मानिसहरु भारतसम्म आए। उनीहरु आउँदा भारतको मध्य र दक्षिणी क्षेत्रमा नियन्डरथल्स जस्ता आदिम प्रजातिहरुको बसोबास रहेको थियो। भारतमा आएका मानिसहरुमध्ये एउटा झुण्ड हिमालयको फेदी हुँदै पूर्वतिर लाग्यो भने अर्को झुण्ड समुद्री किनारैकिनार दक्षिणपूर्वी एसिया, पूर्वी एसिया र अष्ट्रेलिया पुग्यो। अफ्रिकाबाट आएका यी मानिसहरु नै पहिलो भारतीय हुन्।

४५ हजारदेखि २० हजार वर्ष पहिले भारतीयहरुले ढुंगाका ससना औजार (माइक्रोलिथिक टुल्स) बनाउन सिके। यसले गर्दा उनीहरुको जनसंख्या तीब्र रुपमा बढ्न थाल्यो र अरु आदिम प्रजातिका मानिसहरुको विनाश भयो। केही मात्रै प्रागऐतिहासिक स्थलहरुको उत्खनन् भएकाले हामीलाई ढुङ्गे युगका भारतीयहरुबारे असाध्यै थारै मात्रै थाहा छ। हाम्रो उद्देश्य ऐतिहासिक सभ्यताहरुको प्राचीनता प्रमाणित गर्नु मात्रै भयो। तर, प्रथम भारतीयहरु भारतको वर्तमान जनसंख्या निर्माणका लागि किन महत्वपूर्ण छन् भन्ने तिमीलाई म बिस्तारै बुझाउने छु।

आर्य भनिने मानिसहरु मूलतः पशुपालक थिए, कृषक वा शहरी थिएनन्। उनीहरु इशापूर्व २००० देखि १०००को बीचमा वर्तमान कजाकस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान लगायतमा रहेको घाँसे मैदानको क्षेत्रबाट दक्षिणतिर बसाइँ सर्दै अफगानिस्तानको बाटो उत्तरपश्चिमी पाकिस्तान र उत्तरी भारत छिरेका थिए। उनीहरुले दक्षिण एसियामा भारोपेली भाषा र यज्ञ परम्परा लिएर आएका थिए।

दक्षिण एसियामा कृषिको पहिलो संकेत इशापूर्व ७००० तिर वर्तमान पाकिस्तानमा पर्ने बलुचिस्तान प्रान्तको मेहरगढ भन्ने ठाउँमा पाइएको छ। यसपछिको तीन–चार हजार वर्ष इरानी कृषक समुदायको बाक्लो बसाइ सराइको समय बन्यो र उनीहरु प्रथम भारतीयहरुसँग मिसिएर बस्न थाले। यिनै मानिसहरुले इशापूर्व ५५०० र १९००को बीचमा हरप्पाको सभ्यता निर्माण गरे, जुन सभ्यतालाई पुरातत्वविदहरुले प्रारम्भिक र पूर्ण विकसित गरी दुई कालखण्डमा विभाजित गरेका छन्। इरानी कृषकहरुको आगमन पछि जौ र गहुँ सम्पूर्ण उत्तरी भारतमा फैलियो र यसैबेला धान खेती समेत सुरु भयो। मैले अघि भनेजस्तै यो सभ्यताको विकसित कालखण्डमा विकसित सहरी समाज देखिन्छ। इशापूर्व १९००देखि १३०० बीचको हरप्पाको सभ्यताको उत्तरार्धको अवधिमा यो सभ्यता बिस्तारै कमजोर हुँदै गएर अन्त्य भएको देखिन्छ।

आर्य भनिने मानिसहरु मूलतः पशुपालक थिए, कृषक वा शहरी थिएनन्। उनीहरु इशापूर्व २००० देखि १०००को बीचमा वर्तमान कजाकस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान लगायतमा रहेको घाँसे मैदानको क्षेत्रबाट दक्षिणतिर बसाइँ सर्दै अफगानिस्तानको बाटो उत्तरपश्चिमी पाकिस्तान र उत्तरी भारत छिरेका थिए। उनीहरुले दक्षिण एसियामा भारोपेली भाषा र यज्ञ परम्परा लिएर आएका थिए। यही समयको आसपास दक्षिण एसियामा अर्को दिशाबाट पनि बसाइ सराइको लहर चलिरहेको थियो। ती मानिसहरु चीनमा उद्गम भएर दक्षिणपूर्वी एसिया हुँदै भारत आइरहेका थिए। यो समूूहले अष्ट्रोएसियाटिक भाषा र धानको नयाँ प्रकार भारतमा लिएर आए। सारमा भारतको वर्तमान जनसंख्याको बनोट यसरी बनेको थियो भन्ने अनुवांशिक प्रमाणहरुबाट थाहा भएको छ।

तिमीलाई केही वर्ष अगाडिको एउटा सामाचार याद होला। सन् २०१८को नोभेम्बरमा एक जना अमेरिकी क्रिश्चियन मिसनरी जोन एलन चाउ अन्य समुदायको सम्पर्कबाट अलग रहेको शिकारी मानिसहरुको समुदायमा इशाई धर्म प्रचार गर्न अन्डामानको नर्थ सेन्टिनल टापु पुगेका थिए। ती मानिसहरुले चाउको हत्या गरिदिएका थिए। उनको शव समुद्री किनारमा भेटिएको थियो। सेन्टिनलका बासिन्दाहरु बाहिरियाहरुको सम्पर्कबाट अलग रहेका संसारका अन्तिम बासिन्दा मानिन्छन्।

तिमीलाई लाग्न सक्छ, यो समुदाय भारतमा जिवित रहेकामध्ये सबैभन्दा पुरानो मानव समुदाय हुनुपर्छ। तर, ठ्याक्कै त्यस्तो चाहिँ होइन। उनीहरु कहाँबाट र कहिले आए भन्ने केही थााह छैन। उनीहरु प्राचीन कालदेखि नै अरु मानिसको सम्पर्क बाहिर छन् वा पछि गएर मात्रै अलग भएका हुन् भन्ने पनि हामीलाई थाहा छैन। तर, अन्डामान र निकोबार टापुका अर्को आदिवासी समुदाय ओन्गी (जुन समूहमा आज लगभग एक सय जनामात्रै जीवित छन्, जो तुलनात्मक रुपमा अझै लामो समय अरु मानिसहरुको सम्पर्कबाट टाढा छन्), समुदायका मानिसहरु अफ्रिकाबाट बसाइँ सरेर आएका प्रथम भारतीयका सन्ततीहरु हुन् भन्ने अनुवांशिक प्रमाणहरुबाट थाहा भएको छ। तर, ओन्गीको आदिमताबारे निष्कर्षमा पुग्नु भन्दा पहिला म तिमीलाई सम्पूर्ण भारतीय जनसंख्याको अनुवांशिक इतिहासबारे केही बताउन चाहन्छुः ५० देखि ६५ प्रतिशत भारतीयहरुको पुर्खा तिनै प्रथम भारतीयहरु थिए। त्यसैले, ओन्गीहरु अपवाद भने होइनन्। यदि तिमी नश्लीय रुपमा नै सोच्छौ भने पनि उनीहरु अधिकांश भारतीयहरुकै नश्लमा पर्छन्।

मध्य एसियाको घाँसे मैदानबाट पश्चिमतिर हिडेका पशुपालकहरु ३००० इशापूर्वतिर युरोप र दक्षिणतिर हिडेकाहरु २००० इशापूर्वतिर भारत आइपुगेका थिए।

माइटोकोन्ड्रियल डिएनए अर्थात मातृत्वतिरको वंश हेर्‍यौ भने यो प्रमाण अझ प्रष्ट हुन्छ। यसमा ७० देखि ९० प्रतिशत भारतीयहरु प्रथम भारतीयका सन्तती भएको देखिन्छ। वाइ क्रोमोजोम अर्थात पितृत्व तिरको वंश हेर्ने हो भने चाहिँ १० देखि ४० प्रतिशत प्रथम भारतीयबाट आएको देखिन्छ। पछिल्ला समयमा बसाइँ सरेर आएका मानव समुदायसँगको मिश्रणले पारेको प्रभाव पितृत्व तिरको वंशमा देखिन्छ। यसको कारण प्रष्ट छ। अन्यत्रबाट विभिन्न चरणमा बसाइँ सरेर आएका पुरुषहरुले आदिवासी महिलासँगको सम्पर्कबाट जन्माएका सन्तानहरु नै आजका भारतीय हुन्।

म यहाँ समाजशास्त्री विनयकुमार सरकारलाई सम्झिरहेको छु। उनी राम्रो ज्ञान भएका र प्रशस्त घुमफिर गरेका मानिस हुन्। उनी कलकत्ता विश्वविद्यालयको अर्थशास्त्र विभागमा सन् १९३०को दशकमा अध्यापन गर्थे।  उनी कक्षामा आउँथे र सबै ब्राह्मण विद्यार्थीलाई उभिन आग्रह गर्थे। त्यसबेला कक्षामा अधिकांश विद्यार्थी ब्राम्हण नै हुन्थे भन्नै परेन। उनी एकजना सन्थाल महिलाको फोटो देखाउँथे र सोध्थे, “चिन्यौ?” अनि आफैं जवाफ दिन्थे, “उनी तिमीहरु सबैकी जिजुहजुरआमा हुन्। घरमा गएर आफ्ना अभिभावकलाई भन, मैले तिमीहरुकी जिजुहजुरआमाको फोटो देखाएँ।” प्रोफेसर सरकार अलि उक्साउने हिसाबले कुरा गर्थे। तर, वंशाणु अनुक्रमको बारेमा थाहा नभए पनि अधिकांश भारतीयको मातृत्व तिरका पुर्खाबारे उनको बुझाइ सही थियो। जुनसुकै जात भए पनि यो मुलुकका अधिकांश मानिसको मातृवंशको लामो कुल परम्परा आदिवासी महिलातिरै जान्छ भन्ने उनले बुझेका थिए।

मध्य एसियाको घाँसे मैदानबाट पश्चिमतिर हिडेका पशुपालकहरु ३००० इशापूर्वतिर युरोप र दक्षिणतिर हिडेकाहरु २००० इशापूर्वतिर भारत आइपुगेका थिए। उनीहरु आमरुपमा आर्यन भनेर चिनिन्छन् भने वैज्ञानिकहरु घाँसे मैदानका पशुपालक भन्न रुचाउँछन्। यी दुई बसाइ सराईबीचको रोचक भिन्नताचाहिँ के छ भने युरोप पुगेका घाँसे मैदानका पशुपालकहरुले त्यहाँको आदिवासीहरुलाई पूूर्ण रुपमा विस्थापन गरेका छन् भने भारतमा प्रथम भारतीयहरुसमेत मिसिएर बनेको हरप्पाको सभ्यताका मानिसहरु यस किसिमको विस्थापनबाट बच्न सफल भए।

अनुवांशिक प्रमाणहरुले वर्तमान १० प्रतिशत भन्दा कम वर्तमान युरोपेली जनसंख्यामा मात्रै प्रागऐतिहासिक शिकारी जनसंख्याको डिएनए रहेको देखाउँछ, यही कुरा भारतमा भने बहुसंख्यक वर्तमान भारतीय जनसंख्यामा प्रथम भारतीयहरुको डिएनए रहेको देखाउँछ। यसैलाई भाषिक प्रमाणका आधारमा हेर्ने हो भने पनि युरोपका ९५ प्रतिशत मानिसहरु भारोपेली परिवारका भाषा बोल्छन् जहाँ भारतमा ७५ प्रतिशतले मात्रै यो भाषा बोल्छन् र २० प्रतिशतले द्रविड परिवारको भाषा बोल्छन्। अर्थात्,  तिमीले भारतीयहरु भन्दा युरोपेलीहरु बढी आर्यन रहेको अर्थमा बुझ्न सक्छौ।

एउटा कुरा के निश्चित छ भने अब तिमीले आर्यहरु भारतका प्रथम बासिन्दा हुन् वा वैदिक सभ्यता भारतीय संस्कृतिको एकमात्र स्रोत हो भन्ने दावी गर्न कुनै वैज्ञानिक प्रमाण पाउने छैनौ।

अनुवांशिक प्रमाणहरुले लगभग सबै भारतीयहरुका पुर्खा फरक अनुपातमा प्रथम भारतीय, हरप्पन र घाँसे मैदानका पशुपालक मानिसहरु रहेको प्रष्ट पार्छ। वास्तवमा यो भिन्नताले सन् १०० पछि भने यसप्रकारको मिश्रण क्रमशः कमभन्दा कम हुँदै गएको देखाउँछ। जसले सजातीय विवाह हुने जात व्यवस्थाको उदयलाई संकेत गर्छ। जातीय समूहहरुमा सजातीय विवाह कति कठोरताका साथ लागूभएको थियो, जातभन्दा बाहिर गरिने विवाहमाथिको प्रतिबन्ध कति कठोर थियो र अलगअलग क्षेत्रमा जातको प्रबन्ध कस्तो थियो भन्ने जस्ता प्रश्नको उपयोगी जवाफ पक्कै पनि आगामी दिनमा अनुवांशिक अनुसन्धानले दिने छ।

यस्तो अनुसन्धानले जातहरुको विभाजन र नयाँ नयाँ जातीय समूहहरुको उदयबारे पनि थुप्रै कुरा बताउने छ। यो विषयमा इतिहासकार र मानवशास्त्रीहरुले हामीलाई बताउँदै आएका छन्। एउटा कुरा के निश्चित छ भने अब तिमीले आर्यहरु भारतका प्रथम बासिन्दा हुन् वा वैदिक सभ्यता भारतीय संस्कृतिको एकमात्र स्रोत हो भन्ने दाबी गर्न कुनै वैज्ञानिक प्रमाण पाउने छैनौ।

(पार्थ चटर्जी राजनीतिशास्त्री तथा वर्तमान विश्वका एक अग्रणी बौद्धिक हुन्। उनी अमेरिकाको कोलम्बिया विश्वविद्यालय र भारतको कलकत्ता विश्वविद्यालयका प्राध्यापक हुन्। उनले भारतको इतिहास र राजनीतिसँग सम्बन्धित तीसभन्दा धेरै किताब लेखन तथा सम्पादन गरेका छन्। यो अंश उनको पछिल्लो पुस्तक ‘ट्रुथ एन्ड लाइज अफ नेसनालिज्मः एज न्यारेटेड बाइ चार्वाक’बाट लिइएको हो। यसको अनुवाद रोहेज खतिवडाले गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार