स्कटल्यान्डमा आगलागीमा परी नेपाली दिदी-बहिनीको मृत्यु

काठमाडौं । स्कटल्याण्डमा सोमबार साँझ भएको आगलागीमा परी नेपाली दिदी बहिनीको मृत्यु भएको छ । पोखरा युनिभर्सिटीका पूर्वप्राध्यापक डा. यज्ञप्रसाद सुवेदीका दुई छोरीले आगलागीमा ज्यान गुमाएका हुन् ।

स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको आगलागीमा परेर मृत्‍यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन्।

मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन्।

एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा शिव तिवारीका अनुसार एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएका थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

सोही घटनामा आगलागीमा परेर निस्सासिएका अन्य ५ पोखरा घर भएका सुवेदी परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार