फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चाको दोस्रो बैठक सम्पन्न

काठमाडौँ । फासिवादी एवम साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो बेबिनार फेब्रुअरी ४, २०२४ आइतबारका दिन सम्पन्न भएको छ ।

गत जनवरी १२ मा सम्पन्न भएको फ्रन्टको तेस्रो बैठकले उक्त बेबिनार गर्ने निर्णय गरेको थियो ।

फ्रन्टका कोप्रेसिडेन्सी मोनिका गर्ट्नरले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

सो अवसरमा प्रारम्भिक धारणा राख्दै गार्टनरले युनाइटेड फ्रन्टको स्थापनाले विश्व समुदायका क्रान्तिकारीमा नयाँ सञ्चार महसुस भएको बताउनुभयो । उहाँले साम्राज्यवादीले युक्रेन–रसिया युद्ध र इजरायल प्यालेस्टाइन युद्ध थोपरेको भन्दै ती युद्धको भण्डाफोर गर्नुभएको थियो ।

पाँच महादेशका ९९ जना सहभागी कार्यक्रममा युक्रेनका प्रतिनिधि मरियाले साम्राज्यवादी मुलुक रसियाको रक्तपिपासु पुटिन र युक्रेनको जेलेन्स्कीले युद्धअपराध गरेको बताउनुभयो । उहाँले युक्रेनको स्थिति निकै भयावह रहेको, महिला र बालबालिकाहरू किनै कठिन स्थितिमा रहेको, गरिबी र कुपोषण बढेको कुरा वताउनुभयो ।

‘हामीले पश्चिमा साम्राज्यवादीको आतङ्कका विरुद्ध सङ्घर्ष गरिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘युनाइटेड फ्रन्टको भूमिकाले हामीलाई धेरै सहयोग गरिरहेको छ ।’

प्यालेस्टाइनका प्रतिनिधि मारियानले गाजाक्षेत्रको नरसंहारको स्थितिको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।

‘गाजा अत्यन्त त्रासमा बाँचिरहेको छ । हरेक व्याक्तिलाई इजरायलले तार्गेट गरेको छ। स्कुल र हस्पिटलमा आक्रमण भएका छन् । त्यस्तो कुनै ठाउँ छैन, जहाँ इजरायलले आक्रमण नगरेको होस् । यहाँ खाना छैन; बत्ती छैन; पानी छैन । हामी स्वतन्त्र प्यालेस्टाइन चाहान्छौँ; प्यालेस्टाइन हाम्रो हो’ उहाँले भन्नुभयो– ‘अमेरिका तँ को होस्, हामीलाई हाम्रो आत्मसम्मान चाहिएको छ । अमेरिकाले हामीलाई मानव अधिकार सिकाउनुपर्दैन ।

साम्राज्यवादी र फासिवादी विरुद्ध हामी सँगै उभिनुपर्ने भएको छ ।’

कार्यक्रममा रुस, इटाली, कङ्गो, सुडान र जर्मनीमा किसानको सङ्घर्षका बारेमा, इरानको जेलबाट पठाइएको पत्र, साथै दुबईमा वातावरणसम्बन्धी कोप–२८ कार्यक्रम र कोलम्बियामा आयोजना भएको काउन्टर शिखर सम्मेलनका प्रतिनिधिमण्डलबाट रिपोर्ट प्रस्तुत भएका थिए ।

युनाइटेड फ्रन्टका युथ कोप्रेसिडेन्सि नेपालका प्रतिनिधि सुवास जिसीले आइकोर वातावरण दिवस, लेनिनको स्मृतिदिवस र आगामी मे ८ मा सम्पन्न हुने महिला दिवसको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।

उहाँले स्वतन्त्र प्यालेस्टाइनको समर्थन गर्दै, अमेरिकी साम्राज्यवाद र इजरायली फासिवादको विरुद्धमा साझा विश्व मञ्चका रूपमा युनाइटेड फ्रन्टको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

युनाइटेड फ्रन्टको सचिवालयले बेबिनारमा गत नोभेम्बरमा सुवास जिसीले मनाङको थोरङलापास ५,४२६ मिटर उचाइमा युनाइटेड फ्रन्टको ब्यानर प्रदर्शन गरेको फोटोसमेत प्रस्तुत गरेको थियो ।

बेबिनार एकैपटक अङ्ग्रेजी, जर्मन, फ्रेन्च, रसियन, स्प्यानिस र अरेबिक गरी छ भाषामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार