सुरत कतारगाम एरिया समिति पुनर्गठन

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत पर्ने कतारगाउँ एरिया समिति पुनर्गठन गरिएको छ ।

कतिपय कार्यकर्ताहरुलाई संगठनबाट निश्कासित गरि भेलाको आयोजना गरिएको थियो । रमेश क्षेत्रीको सञ्चालन लक्ष्मण सुनारको अध्यक्ष क्षेत्रीय सदस्य धु्रवराज न्यौंपाने नगर अध्यक्ष किसोर ताम्राकार नगर सदस्य भिम साउदको उपस्थितिमा १३ सदस्यीय एरिया समिति गठन गरिएको छ ।

नव निर्वाचित एरिया समितिमा अध्यक्ष– लक्ष्मण सुनार, उपाध्यक्ष– पुस्कल त्रिखत्री, सचिब– रमेश क्षेत्री, सहसचिव– रमेश परियार, कोषाध्यक्ष– कमल एस के, सदस्य– राम बहादुर ओड, देवराज जोशी, तेजबहादुर साउद, रुपेश परियार, चन्द्रबहादुर परियार, राजन साउँद, दिलिप परियार र रमेश परियार रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार