मूल प्रवाहको टोल समिति गठन

हैदराबाद १८ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिद्वारा संचालित हैदरनगर एरिया अन्तर्गत हैदरनगरमा कार्यरत नेपालीहरूको बिचमा सांगठनिक छलफल पश्चात् हैदरनगर टोल समितिको गठन गरिएको छ ।

नगर समितिका सचीव जिबनाथ शर्माको पहल तथा उपस्तिथिमा गठन गरिएको टोल समितिको अध्यक्ष मा भरत कोली, सचिब अर्जुन विक, कोषाध्यक्ष इषादेबी कोली, सदस्यहरू प्रसाद कोली, लक्ष्मी कोली, बल बहादुर विक र सहदेब विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार