चेन्नई पुर्व नगर समितिबाट कार्यकर्तालाई स्वदेश बिदाई

चेन्नई, १७ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने चेन्नई पुर्व नगर समितिले उपाध्यक्ष लोक प्रसाद पराजुलीलाई स्वादेश बिदाई गरेको छ । ब्यादि गाउँपालीका २ बाच्छात पर्वत स्थायी निवासी धर्मदत्त पराजुलीका छोरा लोकप्रसाद पराजुली दक्षिण भारत स्थित Sathyabama University Shemacheri नेन्नईमामा लामो समयदेखि कार्यरत रहि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई सकृय पुर्वक योगदान पुराउँदै आउनुभएको थिए । अबका दिनहरूमा देश भित्रै रहेर समाज सेवामा सक्दो सहयोग पसराउने हेतुले जागिरबाट राजिनामा दिनुभएको हो ।

बिमल लामीछानेको सञ्चालन र सुर्य प्रसाद भुसालको अध्यक्षताबाट अगाडि बडेको बिदाई कार्यक्रममा मूल प्रवाहका केन्द्रीय कोषाध्यक्ष मदन शर्मा क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापा क्षेत्रीय सचिवालय सदस्य काशिराम शर्मा, लोकप्रसाद पराजुली, कर्ण बहादुर सुनार र प्रवासी संघ दक्षिण भारत राज्य समितिका सदस्य शिव प्रसाद अधिकारीको अतित्थ्यता पछि ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनट मौनधारण पछि उपस्थित जनसमुदायहरूलाई बाबुराम सापकोटाले स्वागत गर्नु भएको थियो । नगर समितिका ओम बहादुर बिक, शिव प्रसाद अधिकारी र एकै ठाउँमा काम गर्ने सबै साथिहरूले शुःभकामना मन्तब्य सहित दमन शर्माले दोसल्ला ओडायर सम्मानित गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार