भाकपा (माले) जन दिशाको एकता महाधिवेशन उद्घाटन समारोह सम्पन्न

खम्मम, तेलंगाना । भाकपा (माले) जन दिशाको एकता महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । तेलंगाना प्रदेशको खम्मममा ३ मार्च २०२४ का दिन दशौं हजार सहभागिहरुको जुलुस प्रदर्शन पश्चात महाधिवेशन उद्घाटन समारोहमा परिणत गरिएको थियो ।

‘एकता सम्मेलन सफल करो, फासीवादी आरएसएस-भाजपा को परास्त करने के लिए एक हो ।’ भन्ने नारा व्यानरतले उद्घाटन गरिएको उक्त महाधिवेशनमा भाकपा (माले) क्रान्तिकारी पहल, भाकपा (माले) प्रजा पंथा र पीसीसी भाकपा (माले) का प्रतिनिधी एवं समर्थकहरुको सहभागिता रहेको बताइएको छ । तीनवटै पार्टीहरु बीच सहमति पश्चात पार्टीको नाम भाकपा (माले) जन दिशा मातहतमा एकता महाधिवेशन आयोजन गरिएको आयोजक मध्यका एक सदस्यले बताए ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै सुभास देवले वर्तमान परिवेशमा जनता शिक्षा, स्वास्थ्य अति आवश्यक वस्तुहरुको अभावमा जीविकोपार्जन गर्न बाध्य भएको बताए । फासीवादी शक्ति हावी भएको हुँदा लिवरल शक्तिहरु कमजोर हुुनुका साथसाथै मजदुर वर्गको जीवन कस्टकर बनेको सुभास देवको थप भनाई थियो । साथै महाधिवेशनको बारेमा बोल्दै सुभास देवले भने ‘हामीले यस्तो ऐतिहाँसिक सहभागिता सन १९७७ मा देखेका थियौं, त्यसैको परिणाम पिसीसीआई र सिपिआई एमएललाई क्रान्तिकारी शक्तिको रुपमा एक गर्नु थियो, त्यतिवेला असमर्थ रहेता पनि यसपाली हामी सफल भएका छौं ।

‘केही व्यक्तीहरुको कारण १९७७ मा पार्टी एक बन्न सकेको थिएन, तर हामीलाई अहिले विश्वास छ एउटा पार्टी बनाएर अगाडि बढ्नेछौं । यो सत्य हो की हामी विभिन्न विविधताको बीचमा काम गरिरहेका छौं । खानपान, रहनसहन आदि पक्षमा समेत हामीमा विविधता छ, यसबाट विचारमा पनि विविधता आउन सक्छ ।’

त्यस्तै प्रदिपसिंह ठाकुरले महाधिवेशन ऐतिहाँसिक पक्ष भएको बताए । उनले भने- ‘यो ऐतिहाँसिक पक्षहो, भारतमा विभिन्न खेमामा रहेका क्रान्तिकारीहरु एक भएका छन्, भारतमा कम्यूनिष्ट शक्तिहरु एक हुनुको विकल्प छैन ।’ भारतका विभिन्न स्थानमा रहेका क्रान्तिकारी शक्तिहरु एकभई आन्दोलनलाई अगाडि बढाउनुको विकल्प नभएको ठाकुरको भनाई थियो ।

त्यस्तै पि रंगाराजले सेकुलर शक्तिहरु एक हुनुपर्नेमा जोड दिएका थिए । उनले भने- ‘सेकुलर शक्ति एक भए भने जर्मनको हिटलरलाई हराए जस्तै वर्तमान फासीवादी शक्तिलाई पनि परास्त गर्न सकिन्छ ।’

कार्यक्रममा धुवनराज, डिसी गोहाई, अलीक चक्रवर्ती, अनिल मिस्त्री, संजय सिघवी, पिटी हरिदास, विमल, विवेकटंजन, प्रविन नाटकर, डिएच पुजारा, सि भाष्कार राव, रमा, सूर्यम, पद्मा, हनुमेल, केजी रामचन्द लगायतको आतित्थ्यता रहेको थियो । महाधिवेशनमा नेकपा (मसाल)को तर्फबाट पनि प्रतिनिधित्व रहेको थियो ।

महाधिवेशनको उद्घाटन समारोहको अन्तिममा राती सहभागि सबैले मोबाइलको टर्च बालेर प्यलेस्टाइनी जनताद्धारा चलाइएको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार