चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम उत्तर र दक्षिण महिला बिभागले ११४औं श्रमिक महिला दिबस संयुक्त रूपमा सम्पन्न गरेको छ ।
गुमाउनु कुमारी शाहीको अध्यक्षता एवं कोटीप्रसाद पोख्रेलको सञ्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय सचिवलय सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य खगेश्वर विक, क्षेत्रीय सदस्य बुद्धि पौडेल, चेन्नई पश्चिम नगर समिति कोषाध्यक्ष एकदेब शर्मा, प्रकाश नेपालीको अतिथि आसन ग्रहण ज्ञात अज्ञात शहिदहरूप्रति एकमिनेट मौनधारणा पछि उपस्थित जनमानसनलाई महिला विभाग सदस्य चन्द्रीका पौडेलले शब्दबाट स्वागत गर्नुभएको थियो ।
११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै सम्पूणर् वक्ताहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा केशमान नेपाली, काशीराम शर्मा, बुद्धि पौडेल, क्षेत्रीय सदस्य खगेश्वर सुनार, नगर सदस्य एकदेव शर्मा, प्रकाश नेपालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।