- कोटी प्रसाद पोखरेल
चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समिति महिला विभागको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम चन्द्रकला विकको अध्यक्षता सम्झना विकको सञ्चालन अतिथि आसन ग्रहण एक मिनेट मौनधारणा पछि उपस्थित जनमानसलाई प्रिय कुमारीले शब्दबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापाले महिलाहरूको हकहितको निमित्त संघर्ष गरी अधिकार प्राप्त गरेको दिनको रूपमा लिएको ८ मार्चको अति महत्व रहेको जानकारी गराउँदै ८ मार्चको बारेमा स्पष्ट पार्नुभएको थियो । त्यस्तै गरी शुभकामना मन्तव्य राख्नेहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिन्नई पूर्व नगर समितिका अध्यक्ष ओमकान्त शर्मा, क्षेत्रीय समता बिभाग सदस्य दयाराम विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिका सदस्य बाबुराम विक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।