निलगिरीमा ११४औं महिला दिवस सम्पन्न

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी महिला नगर विभागको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवशको सम्पन्न पारिएको छ ।

मिना हमालको सञ्चालन एवं रुपा थापाको अध्यक्षता र सहिदप्रति एक मिनेट मौनधारण पछि सिता नेपालीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय प्रतिनिधि जगत बहादुर हमाल, क्षेत्रीय समितिबाट बिरे थापा, टेकबहादुर बिक, अ.भा.ने. बिद्यार्थी केन्द्रीय उपाध्यक्ष कस्तुरी थापा लगायतले आतित्थ्यता एवं महिला दिवसको बारे मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा समेत चर्चा गरेका थिए ।

त्यस्तै लोकेन्द्र बिक, मधु खनाल, लाल बहादुर थापा, धन बाहादुर सुन्दासले पनि कार्यक्रम सफलताको सुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार