वासुदेव गौतम शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली

गोहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गोहाटी नगर समितिका संस्थापक सदस्य वासुदेव गौतम शर्माको ८० वर्षको उमेरमा निधन भएको छ । वहाँ लामो समयदेखि बिमारी भएका शर्मा गौतमको २०८० फाल्गुन २५ (सन ८ मार्च २०२४) मा निधन भएको हो ।

विस २००२ बैशाख २३ गते (सन ९ मई १९४४) मा बागलुङ ८ गैरेगाउँमा जन्मनुभएका शर्मा गोहाटीमा आई लामो समयदेखि गाई पालनको पेशामा संलग्न हुनुहुन्थ्यो । वहाँका गोहाटीमा वर्तमानमा पनि एक सयभन्दा बढि गाईहरु छन् । गोहाटीमा रहेको गाई पालक कृषक मध्यमा वहाँ जेष्ठ गौपालक कृषक हुनुहुन्छ ।

गोहाटीको घनश्याम बस्ती जोराबाटमा रहँदै आउनुभएका शर्माका दुई छोरा मध्य एक छोरा शिवलाल शर्मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गोहाटी नगर संगठन समितिका सदस्य हुनुहुन्छ । अर्का छोराको नाम भुमिराज शर्मा हुन् ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समितिका अध्यक्ष कृष्ण क्षेत्री र गोहाटी नगर समितिका अध्यक्ष हरि सापकोटाले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार