जिल्ला मेग्दी बेनि नगरपालिका ९ निवासी विर बहादुर सार्कीका ३३ वर्षीय छोरा कृष्ण सार्की रोजगारका लागि यहि २९ फरवरी २०२४ का दिन गोरखपुरदेखि तामिलनाडुको निलगिरीका लागि राप्ती सागर एक्सप्रेस रेलमा आउँदै गर्दा चेन्नईको नजिक माथि उल्लेखित मितिको विहान अन्दाजी ५ बजेर २० मिनेटको समयमा लापत्ता भएका छन् । उनी आफ्नै गाउँका रमेश चोखाल र गोकुल जैसीसँग निलगिरीका लागि हिंडेका थिए । ती दुई जनाका अनुसार कृष्ण सार्की पहिलो पटक भारत आएका थिए । रेलमा कतिपय अज्ञात व्यक्तिहरुले पैसा दिनका लागि दबाब दिनुको साथै ज्यान मार्ने धम्की समेत दिएको साथमा रहेका उनका साथीहरुले बताएका छन् । अज्ञात व्यक्तिहरुले दिएको धम्की पछि कृष्ण सार्कीले मानसिक सन्तुलन गुमाउँदै गएको रमेश चोखाल र गोकुल जैसीले बताए । मानसिक सन्तुलन गुमाए पछि सुतेका मान्छेहरु माथी उफ्रिने र सिसा फुटाल्न गर्न थाालेकाले धेरै मुस्किलले उनलाई समाती सम्झाइ बुझाइ काठपाडि जक्सनसम्म पुराएका थिए । त्यही काठपाडी जक्शनमा झर्ने बित्तिकै उनी दगुर्दै बाहिर तिर भागेको रमेश चोखाल र गोकुल जैसीले बताए । उनीहरुले खोजविनका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिमा निबेदन दिएका छन् । निज कृष्ण सार्कीलाई कुनै महानुभावले फेलापारेमा तल उल्लेखित मोबाइल नम्बरहरुमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ । रमेस चोखाल 9363860554, जगत हमाल 9751651596, टेक बहादुर 9025629107, मधु खनाल 9659970313 र बिरे थापा 9786702381 ।