
- कृष्ण पचभैया
भोपाल, २३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल अन्तर्गत गोबिंदपुरा एरिया समिति गठन भएको छ ।
भोपाल महिला नगर बिभाग कि लक्ष्मी राना र नगर समिति भोपालका अध्यक्ष रमेश रानाको विशेष पहल कदमीमा राखिएको भेलाद्वारा गोबिंदपुरा एरियामा १५ सदस्यीय एरिया समिति गठन गरिएको छ ।
सो कार्यक्रममा केन्द्रीय समितिबाट तालबहादुर खड्का मध्य उत्तर भारत क्षेत्रीय समितिबाट अर्जुन जि.एम., मध्य उत्तर भारत क्षेत्रीय महिला बिभागबाट सोनु थापा उपस्थित हुनुभएको थियो ।
यस एरिया समितिमा अध्यक्ष्य- लक्ष्मी राना, उपाध्यक्ष- सिता शर्मा, सचिव- पुस्पा जिसि, उपसचिव- सिया पुन र कोषाध्यक्ष- देव बहादुर ठकुरी रहनुभएको छ ।
सदस्यमाः शान्ती शाहि, रिना जिसि, भगवती थापा, सुमित्रा लामा, पबित्रा लामा, जानकि शर्मा, सल्लाहकार बिरबहादुर थापा, प्रविण शाहि, कृष्ण जिसि, तुल बहादुर खत्री रहनु भएकोछ ।
नया समितिलाई तालबहादुर खड्का, सोनु थापा र रमेश रानाले बधाई तथा शुभकामना दिनुभएको थियो।