गुजरातको वापिमा खुल्ला फूटवल प्रतियोगिता सम्पन्न

निखिल रावत

गुजरात वापि, मार्च २४–२५ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सिलसिला नगर समिति दमन नगर समिति, वापि पुर्व नगर समिति, वपि पश्चिम नगर समितिको संयुक्त आयोजनामा झुनझुनवाला स्कुलको खेल मैदानमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पुर्व नगर समिति अध्यक्ष तथा संयुक्त खेल विभाग संयोजक भुवन सिंह धामीको अध्यक्षता र मूल प्रवाह केन्द्रीय सदस्य गोबिंद थापा प्रमुख अतिथि रहनुभएको थियो । अन्य अतिथिमा मूल प्रवाह केन्द्रीय सदस्य रमकला काउछा, कृष्ण कुँवर, श्रीधर शर्मा, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित, वापि पश्चिम नगर समिति अध्यक्ष निखिल रावत, पश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा, सिलवासा नगरबाट मान बहादुर थापा, दमन नगर समिति अध्यक्ष सेरबहादुर विक, पश्चिम भारत क्षेत्रीय सदस्य सेर सिंह आउजी, पश्चिम भारत महिला बिभाग संयोजक बिष्णु माया शर्मा, क्षेत्रीय सदस्य शोभा धामी लगायत अतिथि रहनुभएको थियो ।

यस्तै फुटबल प्रतियोगितामा जम्मा १२ टिमको सहभागिता रहेको थियो । कडा प्रतिस्पर्धा बीच सम्पन्न उक्त फूटवल प्रतियोगितामा नविन विक क्याप्टेन रहेको अक्लेशोर युवा क्लब प्रथम भएको थियो भने बबिन चन्द क्याप्टेन रहेको निरा वनिवर्श द्वितिय भएको थियो । अक्लेशोर युवा क्लबका अम्मर उत्कृष्ट खेलाडी चयनु हुनुभएको थियो ।

बिजेता र उप–बिजेता र सम्पूर्ण खेलमा सहभागी खेलाडीलाई शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गोविन्द बहादुर थापाले भन्यो खेलाडी भनेको देशको गहना हो, तर आज देशको लागि खेलेका खेलाडीहरूले पनि बिदेश पलायन हुनुपर्ने बाध्यता भएको देख्दा दुःख लाग्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्र एक संगठन हो । जो सबैको साझा संगठन हो । बाध्यताले प्रवासिएका युवाको लागि खेल आयोजना गर्ने गर्छ तपाईं हामीहरू मिलेर मात्र नेपालीहरू माथि आइपर्ने समस्याहरूलाई निराकरण गर्न सहयोग सकिने बताउनु भयो ।

चेतनाथ ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीलाई प्रविन काउछाले मन्तब्यबाट स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार