‘जनस्रष्टा’ को पहिलो अङ्क विमोचन

काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को समसामयिक प्रकाशन ‘जनस्रष्टा’ को पहिलो अङ्क विमोचन भएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीको हातबाट २०८० चैत २३ गते शुक्रबार साँझ भर्चुअल माध्यमबाट सम्पन्न एक औपचारिक कार्यक्रममाझ सो अङ्क विमोचन भएको हो ।

सो अवसरमा सङ्क्षिप्त मन्तव्य राख्दै अध्यक्ष केसीले संसारका महत्त्वपूर्ण राजनीतिक, सामाजिक परिवर्तनमा प्रगतिशील साहित्यकारको योगदान रहेको बताउनुभयो ।

सो अवसरमा उहाँले आठदश वर्ष राजनीतिक, सामाजिक परिवर्तनमा लागिपर्नु नयाँ विषय नभएको बताउँदै निरन्तर क्रियाशीलतामा जोड दिनुभयो ।

नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले पनि सङ्क्षिप्त मन्तव्य राख्दै ‘जनस्रष्टा’ को प्रकाशनले नेपालको प्रगतिशील साहित्यमा योगदान हुने आशा व्यक्त गर्नुभयो ।

उहाँले अक्टोबर क्रान्तिबाट सर्वहारा साहित्यमा प्रगतिशील तथा प्रगतिवादी सामग्री प्रकाशन हुन थालेको बताउँदै ‘जनस्रष्टा’ मा सोही खालका सामग्री प्रकाशन भएको बताउनुभयो ।

अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा उहाँले पुस्तकभित्रका सामग्रीबारे सामान्य जानकारी गराउनुभएको थियो ।

महासचिव भीष्म जोशीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा पुस्तकको बारेमा आफ्ना धारणारसहित स्वागत मन्तव्य उपाध्यक्ष रामदेव पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार