कोचिन नगर समितिका अध्यक्ष जुगराज राहुँ मातृशोकमा

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य एवं कोचिन नगर समितिका अध्यक्ष जुगराज राहुँ मातृशोकमा पर्नुभएको छ ।

आमा जिवादेवी राहुँ मगर, वर्ष ७५, स्वर्गद्धारी नगरपालिका ५, सानोलेखस्थित आफ्नै निवासस्थिनमा आज २०८१ बैशाख ९ गते विहान करिब नौ बजे दुखद निधन भएको छोरा जुगराज राहुँले आफ्नो फेसबुक पोष्ट मार्फत जानकारी गराउनु भएको छ । वहाँ लामो सयमदेखि दुबै मृगौला खराबीको रोगदेखि ग्रसित रहनुभएको थियो । वहाँका चार भाई छोराहरू हुनुहुन्छ । सम्पूर्ण छोराहरु राष्ट्रिय जनमोर्चा निकटमा आवद्ध हुनुहुन्छ ।

यसै बीच दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर केसी र कोचिन नगर समितिका सचिव जनक विसीले छुट्टाछुट्टै प्रेस वक्तव्य जारि गरि शोक व्यक्त गर्नुभएको छ । वहाँहरुले लेख्नुभएको छ : ‘मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।”

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
दक्षिण भारत क्षेत्रीय समिति एवं नगर समिति कोचिन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार