वापीमा लेनिन दिवस तथा नेकपा स्थापना दिवस मनाइयो

निखिल रावत

वापि, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च गुजरात वापिको आयोजनामा बैसाख १० गते नेकपाको ७६ औ स्थापना दिवस तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५ औ जन्म जयंती कार्यक्रम भव्य र शानदार रुपमा सम्पन्न भएको छ ।

कार्यक्रम श्रीधर शर्माको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य गोबिंद थापाको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै मूल प्रवाह केन्द्रीय सदस्य रमकला काउछा, कृष्ण कुंवर, पश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा, क्षेत्रीय सदस्य सेर बहादुर बिक, केन्द्रीय महिला बिभाग सदस्य बिना काउछाले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

ज्ञत अज्ञात महान शहीदहरुप्रति एक मिनट मौनधारणबाट कार्यक्रम अगाडी बढेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गोबिंद बहादुर थापाले भन्नू भयो अहिले विश्व कमनिष्ट आन्दोलन रक्षात्मक अबस्थामा रहेको र नेपालमा कमनिष्ट पार्टीको झण्डा प्रयोग गर्नेहरू धेरै भएता पनि कमनिष्ट पार्टीको घोषणा पत्र बिधी विधान मान्य पार्टी एक आद मात्र भयको बताउनु भयो ।
अन्य अतिथिहरूले पनि कार्यक्रममा मन्तव्य राख्नु भयको थियो ।

निखील रावतले संचालन गर्नुभएको उक्त कार्यक्रममा सहभागिहरुलाई देवेन्द्र रावलले स्वागत मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार