पूर्वी भारतमा मनाइयो लेनिन जयन्ती तथा नेकपाको स्थापना दिवस

कटक । अन्तर्राष्ट्रिय एकेबददताको लागी नेपाली जनताको मञ्च कटक र भुवनेश्वरको संयुक्त आयोजनामा कटकमा लेनिनको १५५औं दिवस तथा नेकपाकोे ७६ औं पार्टी स्थापना दिवस मनाइएको छ ।

कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य हेम कुमार थापाले नेकपाकोे स्थापना कालदेखि बिश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बताउनु भयो ।

त्यस्तै क्षेत्रीय सदस्य सीब कुमार सुतार, केन्द्रीय परिषद सदस्य रेकम जिसीले सो अवसरमा विचार राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन गीरीराज परीयारले र अध्यक्षता केन्द्रीय परिषद सदस्य सम्बर माझीले गर्नुभएको थियो । सहिदहरुको सम्मानमा एक मिनट मौनधारण पश्चात् सशिकला जिसीले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार