निलगिरीमा सुक बहादुरको दाहासंस्कार गरियो

निलगिरी । तनहुँ केसौउटार नगरपालिका १४ बस्ने धन बहादुर परियारका छोरा बर्ष ४८ का सुक बहादुर परियार रोजगारीको सिलसिलामा ४ महिना अगाडि भारतको तमिलनाडु राज्यको निलगिरी कुन्नुर सेलासस्थित एउटा मालिकको बंगलामा काम गर्दै आइरहेका थिए ।

अपनडिसको बिमारीका कारण बिमारले चाँपदै आएको र मुख र दिसा गर्दा पनि रगत निस्किने गरेको प्रत्यक्षदर्शिले बताए । उनै प्रत्यक्षदर्शिका अनुसार उनको २७ अप्रेलका दिन उटी गोभर्मेन्ट हस्पिटलमा उपचार गराउँदा गराउँदै निधन भएको थियो ।

घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिलाई प्राप्त भएपछि मूल प्रवाह नगर समिति निलगिरीका अध्यक्ष टेक बहादुर बिक र क्षेत्रीय समितिका बिरे थापा साथै मृतकका आफन्तहरुको उपस्थितिमा मन्जनाकोरै संशानघाटमा २८ अप्रेलका दिन दाहासंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार