पाण्डेचेरीमा एक नेपाली महिलाले गरिन आत्महत्या

पाण्डिचेरी । नेपाल गेरुवा गाउँपालिका ४ गोला रजिपुर, बर्दिया जिल्ला निवासी ३५ वर्षीय बाबुराम थारुकी २० वर्षीय पत्नी श्रीमती शर्मिला थारुले आत्महत्या गरेको समाचार स्थानीय प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिलाई जानकारी दिएको छ ।

दुई वर्ष पहिला विवाह भएका थारु दम्पत्ती बिगत एक बर्षदेखि भारतको तमिलनाडु राज्य अरोभिल कोइलापलयम मजदुरी गर्दै आएका थिए । बिस दिन पहिला एकजना साथी एक महिना बिदामा स्वदेश जाने भएपछि बदलामा रातिको डिऊटि गर्ने निर्णय गरि दुबै श्रीमान–श्रीमति बेलुका छ बजे जाने राती आराम गर्ने र बिहान छ बजे कोठामा आउने क्रम थियो ।

२३ अप्रेल २०२४ बेलुका पनि रातको खानाखाई १० बजे तिर दुबै आराम गरेको र बिहानको तीन बजे निन्द्राबाट ब्युँझिदा श्रीमती शर्मिलालाई नभेटाए पछि हतार हतार खोजी गर्दा पासोमा झुन्डिएको देखेको बाबुराम थारुले बताए । उनका अनुसार घटनाको जानकारी दाजु सन्दिप थारुलाई फोन गरि बताएका थिए । दाजु आएपछि अन्य साथीहरूलाई जानाकारी गराएको पनि बाबुरामले बताए ।

सुरेस चौधरीले घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सल्लाहकार चन्द्रकान्त शर्मालाई जानकारी दिएका थिए । नगर अध्यक्ष डिल्ली प्रसाद शर्मा, नगर सचिब गोबिन्द शर्मा र नगर सदस्य रबि पौडेल घटना स्थलमा पुगि प्रशासनको सहयोगमा आबस्यक प्रशासनिक प्रक्रिया पुरागरी दाहासंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार