
कृष्ण पचभैया
भोपाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको छ।
भोपालको औद्योगिक क्षेत्र गोविन्दपुरामा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।
यस कार्यक्रमको सञ्चालन श्रीमती पुष्पा जिसी, श्रीमती लक्ष्मी रानाको अध्यक्ष्यता र केन्द्रीय समितिका सदस्य ताल बहादुर खड्काको अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा अतिथि ताल बहादुर खड्काले १३५ वर्ष पहिला हजारौं मजदुरहरुको बलिदानबाट प्राप्त गरेको अधिकार पुनः पुँजीपतिले खोस्न खोज्दै छन्, जसका लागि संसार भरका मजदुर वर्ग सचेत र सजगता हुन आवस्यक रहेको बताउनु भएको थियो ।















