सिलवासामा भलीवल प्रतियोगिता सहित अन्तर्राष्ट्रिय श्रमिक दिवस

निखिल रावत

सिलवास । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिको आयोजनामा सिलवासास्थित दादरामा भलिवल प्रतियोगिता सहित श्रमिक दिवस मनाइएको छ ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रमको सिलवासा नगर खेल विभाग संयोजक रामबहादुर थापाले अध्यक्षता गर्नुभएको थियो भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य गोविंद बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो भने अन्य अतिथिमा केन्द्रीय समिति सदस्य रमकला काउछा, कृष्ण कुंवर, श्रीधर शर्मा, टंक कुँवर, पश्चिम भारत क्षेत्रीय समिति सदस्य जितु ठकुल्ला, पश्चिम भारत क्षेत्रीय महिला बिभाग कि संयोजक बिष्नु माया शर्मा, मध्यपश्चिम भारतबाट चन्द्रप्रसाद सुवेदी, वापि पुर्व नगर समितिबाट मनोज थापा सिलवासा नगर समितिबाट मान बहादुर थापा लगायतका अथिती रहनु भएको थियो ।

उक्त भलिवल प्रतियोगितामा जम्मा ११ टिमको सहभागिता रहेको थियो । गोबिंद टमट्टा क्याप्टन रहेको पञ्चपुरी सुर्खेत प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । हिमाल बोहोराको क्याप्टन रहेको वापि स्पाईकर द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो । अम्मर बटाला क्याप्टन रहेको सिवाजि पार्क दादर मुम्बई तृतीय स्थान प्राप्त गर्न सफल भयको थियो । प्रतियोगितामा पञ्चपुरी सुर्खेतका क्याप्टन गोबिंद टमट्टालाई उत्कृष्ट खिलाड़ी बन्नु भरको थियो ।

प्रथम द्वितीय एवम तृतीय स्थान प्राप्त गर्न सफल टिमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गोविंद बहादुर थापा, अतिथि कृष्ण कुंवर, रमकला काउछा, जितु ठकुल्ला, निखिल रावत, मान बहादुर थापा लगायतले सिल्ड मेडल र प्रमाण पत्र दिएर अविर टिका लगायर सम्पूणर् खेलाडिलाई सम्मान गर्नुभएको थियो ।

अन्तमा प्रमुख अतिथि गोविंद बहादुर थापाले आयोजक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिलाई र उपस्थित सम्पूणर् खेलाडी समर्थनलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार