चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता चिदम्बरम नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइएको छ ।
प्रमुख अतिथि केन्द्रीय सदस्य बालाकृष्ण गायकको अथिति आसनग्रहण पश्चात ज्ञात अज्ञात शहितहरुप्रति एक मिनेट मौनधारण गरेर अघि बढेको उक्त कार्यक्रममा उपस्थित सम्पूणर् जनसमुदायहरूलाई शब्दद्वारा हेम बिजीले स्वागत गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अथिति केन्द्रीय सदस्य बालाकृष्ण गायकले- मे १ दिवस विश्वका श्रमिक मजदुरहरुको गौरवमय ईतिहास, बलिदानी संघर्ष र ऐतिहासिक विजय प्राप्त गरेको महान् उत्साहको दिन भएको बताउदै मे १ को आन्दोलनको जितले नै संसारका श्रमिक मजदूरहरुले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरमको अधिकार लिन सफल भएको विचार राख्दै नेता गायकले- मजदूरहरुको पूणर् अधिकार सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय श्रमिक मजदूरको संघर्षमा ऐक्यवद्धता जनाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पनि भारत प्रवासमा मई दिवस मनाउदै आएको मन्तव्य व्यक्त गर्नु भयो ।
प्रेम प्रसाद पराजुली र होम बहादुर जिसीले शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको अध्यक्षता सुर्यमान गिरी र सञ्चालन गोकूल बहादुर गायकले गर्नु भएको थियो ।