प्रयागराजमा मई दिवस मनाइयो

लक्ष्मी प्रसाद ज्ञवाली
प्रयागराज । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराजको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक मई दिवस मनाइएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समिति साथै मध्य उत्तर भारत क्षेत्रीय समितिका सदस्य दुर्गा प्रसाद न्यौपानेको सञ्चालन तथा मध्य उत्तर भारत क्षेत्रीय समितिका कोषाध्यक्ष तथा नगर समितिका अध्यक्ष लक्ष्मी प्रसाद ज्ञवालीको अध्यक्षता र अतिथि आसान ग्रहणबाट कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रममा मध्य उत्तर भारत क्षेत्रीय समितिका अध्यक्ष राम प्रसाद बस्याल, क्षेत्रीय समितिबाट अनिल आले, राजु अधिकारी, किशन सिंह परियार, महिला विभागबाट सविता शर्मा, गंगा ज्ञवालीले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

अतिथि आसान ग्रहण पछि ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनट मौन धारण पछि महिला नगर विभाग की संयोजक गोमा थापाले स्वगत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राम बहादुर थापा, राम प्रसाद बस्यालले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार